धनकुटा प्रेस अनलाईन
धनकुटा/काठमाण्डौंको प्लानिङ ब्वाइज फुटवल क्लव धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगीताको फाइनल प्रबेश गरेको छ ।
आइतबार धनकुटा स्थित तल्लो टुडिखेलमा भएका खेलमा काठमाडौको प्लानिङ ब्वाइजले बिराटनगरको पेमा युवा क्लवलाइ ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजीत गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फवाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकर मार्फत गरिएको हो ।
निर्धारीत समय अवधिमा दुबै पक्षले गोल गर्ने दर्जनौ सुन्दर अबसर गुमाएका थिए । ट्राइबेकरमा बिजयी टोलिको तर्फवाट रिसभ अधिकारी, बिशाल दर्जी, राजेश शाह, केमरुनी खेलाडी डाडे वाम्बा र यो नेपोलियनले पेनाल्टी प्राहार गर्दै गोल गरे । यता पेमाको लागि भने क्यामरुनी खेलाडी रिम, यानीक, नेपाली खेलाडीहरु भिस्म क्षेत्री र सजीन थापा मगरले गरेको प्रहार मात्र गोलमा परिणत भएको थियो बिकेस राइले गरेको प्रहार भने गोल हुन सकेन ।
आइतवारको खेलमा प्लानिङ ब्वाइजका लोकश चौधरी म्यान अफ द म्याच घोसित भए । उनले नगद ४ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा बिरगंज युनाइटेडले झापा फुटबल क्लबको सामना गर्ने गोल्डकप प्रचारप्रसार समितिका संयोजक बिदुर खवासले जानकारी दिए ।
- Dhankutapreess