धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/ ‘मध्यपान, ध्रुर्मपान त्यागौं, स्वास्थ्य रहौं, मुटु बचाऔं’ भन्ने मूल नारको साथ विश्व मुटु दिवशको उपलक्ष्यमा धनकुटामा महिला तथा पुरुष तर्फको खुल्ला रोडरेस प्रतियोगितामा शुक्रवार सम्पन्न भएको छ ।
आठ किलोमिटर लामो दुरीको पुरुष तर्फको रोडरेस प्रतियोगितामा चौविसे–६ राजारानीका गोकुल याम्फू राई प्रथम, दमक–६ का सरोज सिंह दोश्रो र दमक–६ कै भेषराज राई तेश्रो भएको छन् । त्यसैगरी प्रतियोगितामा याङ्गदेव राई चौथो र अनिष विश्वकर्मा पाँचौं भएका छन् । प्रथम हुने गोकुल याम्फू राईले ८ लामो दुरी २८ मिनेट २ सेकेण्डमा पुरा गरेका थिए ।
त्यसैगरी महिला तर्फ चौविसे राजारानीका निवा लिम्वू प्रथम, सुसा राई दोश्रो र प्रियङ्गका छिछाक तेश्रो भएका छन् । त्यसैगरी प्रतियोगितामा निर्मला मगर चौथो र इन्दु लिम्वु पाँचौं भएका थिए । प्रथम हुने निवा लिम्वुले ८ किलोमिटर दुरी ३८ मिनेट २८ सेकेण्डमा पार गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ ३५ जना र महिला तर्फ १५ जनाले भाग लिएका थिए। प्रतियोगिता धनकुटा नगरपालिका वडा नं.६ औधोगिकग्रामको गोलाई देखी परिचयमोड चारचौतारा, भीमनारयणचोक, माथिल्लो कोप्चे, विहिवारे हटिया, तल्लो कोप्चे, हुँदै कोशी ग्याँस चोकबाट मदनचोकमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवन्ना हुनेलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले ७ हजार, दोश्रो हुनेले ५ हजार, तेश्रो हुनेले ३ हजार र सान्तवन्ना १÷१ हजार पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिता समापन समारोहमा प्रजिअ पून्यविक्रम पौडेल, भमिदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरिक्षक राजबाबू महर्जन, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म धनकुटाका प्रहरी नायव उपरिक्षक सुजन कुमार भारती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, भुपू सैनिक संघ धनकुटाका अध्यक्ष धनवहादुर खड्का, फोनिज प्रदेस नम्वर १ का अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघ धनकुटाका सचिव हरि वहादुर लम्जेल लगायतले विजयी खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
भुपू प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न विश्व मुटु दिवसको अवसरमा आयोजित प्रतियोगिता समापन एवं पुरस्कार वितरण कार्यक्रको संचालन संस्थाका सचिव सुरेश कुमार आलेले गरेका थिए ।

- Dhankutapress