Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा अत्याधुनिक कबर्डहल निमार्ण हुदै

स्थानिय र पालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले पनि गरे जनश्रमदान

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको छथरजोरपाटीमा स्थानिय खेलाडीहरुलाई खेल मैदान तथा कबर्डहल नहुँदा विभिन्न प्रतियोगिता संचालन गर्न र खेल खेल्न समश्या हुँदै आएको छ ।


यिनै समश्यालाई समाधन गर्न छथर जोरपाटी गाउँपालिका धनकुटामा अत्याधुनिक कबर्डहल धमाधम निमार्ण भईरहेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को गाउँसभाबाट ४ लाख रकम विनियोजन गरी कबर्डहल निमार्ण सुरु गरीएको हो । गाउँपालिकाले रकम विनियोजन गरेसँगै कबर्डहल हल निमार्ण सुरु भएसँगै स्थानीयबासी, पालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा खेलकुदप्रेमीहरुबाट जनश्रमदान समेत जुटेको छ । खेलाडीहरुको समस्यालाई मध्यनजर गरी जिल्ला कै राम्रो कबर्डहल निमार्णमा आफू लागि परेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताए ।
कबर्डहल नहुँदा स्थानिय खेलाडीहरु बषौं देखी खुल्ला आकाशमा विभीन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएका थिए । कबर्डहल भन्दा पनि सामुदायिक भवनको रुपमा विकास गरी बहुउदेश्य सामुदायिक भवन बनाउने उदेश्यका साथ काम सुरु गरीएको छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताए ।

उनले गाउँपालिका कार्यलय नजिकै निमार्ण सुरु गरीएको बकर्डहलको काम तिब्र रुपमा भईरहको बताए । गाउँपालिकाले खेलकुदको विकासको निम्ती रकम विनियोजन गरी हल निमार्ण गरेसँगै स्थानिय खेलाडीहरुलाई विभिन्न खेलकुदका प्रतियोगिता संचालन गर्न सहज हुने प्रमुख प्रशासकिय अधिकृत जिमिको भनाई रहेको छ । 

ब्याडमिटन,उस्सु, कराँत, टेबलटेनिसे लगायतका विभिन्न खेलकुद कार्यक्रमहरु कबर्डहल नहुँदा हावाहुरीको समयमा खुल्ला आकासमा सञ्चालन गर्न समस्या हुँदै आएको थियो । अत्याधुनिक कबर्डहल निमार्ण भएसँगै स्थानिय खेलाडीहरुले बषौं देखी भोग्दै आएको खुल्ला आकास मुनि खेलकुदका प्रतियोगिता संचालन गर्नु पर्ने समस्याबाट चाँडै मुक्त हुने आशा गरीएको छ ।


  • Dhankutapress

थप