Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटाको पाख्रीवासमा सोमवार सम्पन्न जिल्ला स्तरिय वुद्विचाल प्रतियोगितामा धनकुटा–७ सिरवानीका पूर्णवहदुर डंगोल प्रथम भएका छन् । 

जालपा देवी क्याम्पस पाख्रीवासले आयोजना गरेको प्रतियोगितामा पाख्रीवास नगरपालिका वडा नं.४ का विमल गुरुङ द्वितिय र सोही वडा कै मन्तोष गुरुङ तृतिय भएका छन् । जिल्लाभरीका ३८ जना प्रतिष्पर्धीले भाग लिएको वुद्विचाल प्रतियोगितामा भोजपुर हतुवागढी घर भएका योगेनहाङ राईले सान्तवना पुरस्कार पाएका थिए । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तवना क्रमशः नगद १५ हजार,१० हजार, ६ हजार र ३ हजार नगद सहित मेडल, प्रमाणपत्र पाएका थिए ।

विजयी खेलाडीहरुलाई पाख्रीवास नगरपालिकाका उप–प्रमुख नम्रता देउजा गौतमले मेडल, नगद पुरस्कार, खदा र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता समापनको अवसरमा वोल्दै उप–प्रमुख नम्रता देउजा गौतमले भने–‘यूवा जगतलाई खेलकुदको माध्यामबाट अनुशासित बनाई देशको विकासमा टेवा पु¥याउने उदेश्यले वुद्विचाल प्रतियोगितामा पाख्रीवास नगरपालिकाले सहयोग गरेको हो ।’ उनले आगामी दिनमा पनि खेलकुदको क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

जालपा देवी क्यम्पास पाख्रीवासका क्याम्पस प्रमुख लोकेन्द्र पौडेलले धनकुटामा वुद्विचाल खेलप्रेमी खेलाडीहरुको वृद्धि र विकास होस भनेर प्रतियोगिता आयोजना गरिएको वताए । उनले धनकुटाका वुद्विचाल प्रेमी खेलाडीहरु अन्य प्रदेश लगायत केन्द्र र अन्तराष्ट्रिय जगतमा पनि प्रतिष्पर्धा गर्न सक्ने बनाउन हरेक वर्ष जलपादेवी क्याम्पसले प्रतियोगिता आयोजना गर्दै आएको स्पष्ट पारे । 

कार्यक्रममा जिल्ला वुद्विचाल संघका अध्यक्ष रमेशचन्द्र अधिकारी, पाख्रीवास न.पा.४ का वडाध्यक्ष सन्तोष मानन्धर, फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, जालपा देवी माविका सह–प्रधानाध्यापक देवता थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जलपा देवी क्याम्पस संचालन समितिका उपाध्यक्ष देववहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन समारोहको संचालन जलपा देवी माविका शिक्षक टेकनाथ अधिकारीले संचालन गरेका थिए ।  



  • Dhankutapress

थप