Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको राजारानीमा अन्तराष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप सुरु

उपाधि जित्नेलाई १ लाख राशीको पुरस्कार

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

राजारानी/धनकुटाको चौविसे गाउँपालिका–६ धाम पुर्णिमाको अवसर पारेर राजारानीमा प्रथम अन्तराष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता सोमवार देखि सुरु भएको छ । 

रारा भेट्रान फुटबल क्लब राजारानी धनकुटाको आयोजनामा राजारानी खेल मैदानमा अन्तराष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ, झापा, सहित भारतको सिक्किमका गरि ८ वटा भेट्रान फुटबल क्लबहरुको सहभागीता रहेको छ । प्रतियोगिताको पहिलो उद्घाटनको अवसरमा २ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा दुधे भेट्रान झापाले हाम्रो धरान भेट्रानलाई पराजित गरेको छ । निर्धारित समयमा गोल रहित बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा दुधे भेट्रान झापाले हाम्रो धरान भेट्रानलाई ३ का विरुद्ध ४ गोलले पराजित गरको हो ।

यस्तै प्रतियोगिताको दोस्रो खेलमा आयोजक रारा भेट्रानलाई विराट मेघा भेट्रान विराटनगरले पराजित गरेको छ । निर्धारित समयमा एक एक गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा विराट मेघा भेट्रान विराटनगरले आयोजक रारा भेट्रानलाई ४ का विरुद्ध ५ गोलले पराजित गरको हो । आगामी १४ गतेसम्म सञ्चाल हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख ट्रफी मेडल प्रमाणपत्र र दोस्रो पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र रहेको क्लबका बिजु राईले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेल हाम्रो इटहरी भेट्रान सुनसरी र लखनपुर भेट्रान दमक झापा बिच हुनेछ भने दोस्रो खेल बेर्मियोक नाम्फिङ भेट्रान सिक्किम भारत र एभरेष्ट भेट्रान मोरङका बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्धघाटन सत्र चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

प्रतियोगिताको उद्धघाटन गर्दै अध्यक्ष चेम्जोङ्गले भने–‘चौविसे क्षेत्रको फुटबलको विकासको लागि गाउँपालिकाले सक्दो सहयोग गर्छ र गर्दै आएको छ ।’उनले धनकुटाको राजारानीमा हुने फुटबल प्रतियोगिताले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय जगतमा पनि छवि बनाउनेमा आफू ढुक्क रहेको वताए । धनकुटाको चौविसेले नेपालमा मात्र नभएर अन्तराष्ट्रि स्तरको फुटबल खेलाडी समेत उत्पादन गर्न योगदान गरेको अध्यक्ष चेम्जोङले दावी गरे ।

प्रतियोगितासंगै फूडफेष्टिबल तथा साँगितिक साँझ–२०८० समेत आयोजना गरिएको आयोजक रारा भेट्रन क्लवका अध्यक्ष विजु राईले वताए । सांगितिक कार्यक्रममा सुनिता थेगिम, एलिना चौहान लगायतका राष्ट्रिय कलाकारहरुको समेत प्रश्तुती रहने आयोजकले जनाएको छ । 

प्रतियागिताको उद्धघाटन सत्रमा निवर्तमान पालिका उपाध्यक्ष खजिन्द्र राई, चौविसे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम दाहाल, विभिन्न वडाका वडाध्यक्षहरु, जिल्ला फुटवल संघका अध्यक्ष मणी चेम्जोङ, जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई, जिल्ला फुटवल संघका पुर्व अध्यक्ष शंम्भू प्रधान, खेलकुद विकास समितिका कार्यालय प्रमुख नविन प्रधान लगायतका उपस्थिति रहेको थियो ।

 प्रतियोगिता, फुडफेष्टिवल तथा सांगितिक कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि आयोजकले राजारानी वजारलाई पूर्णरुपमा सिँगारेका छन् भने मनोरञ्जनको लागि कालिजर्ना नजिकै रमाइलो मेला समेत लगाइएको छ । प्रतियोगिता, फुटफेष्टिबल तथा रमाइलो मेला आगामी मंसिर–१४ गतेसम्म संचालन हुनेछ । 


  • Dhankutapress

थप