Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

हिले बेडमिन्टन क्लबमा याम्फु सर्वसम्मत चयन

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/भैरब यम्फुको अध्यक्षतामा ११ सदश्य नयाँ कार्यसमिती चयन गर्दै हिले बेडमिन्टन क्लबको पाँचौ साधारणसभा सनिवार सम्पन्न भएको छ । 

क्लवको उपाध्यक्षमा राम प्रधान, सचिबमा सन्तोस श्रेष्ठ, सह–सचिबमा पेम्वा लामा र कोषध्यक्षमा आशिस तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा श्रीओम श्रेष्ठ, सन्तोस राणा, कुमार तितुङ, शिव कार्की, अरुणा तामाङ र प्रमिला बरुवाल ठकुरी रहेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर तामाङ खेलकुद स्वास्थ्य र राष्ट्र दुबैको लागि भएकोले धनकुटा नगरमा सञ्चालन हुने जुनसुकै खेलकुदका गतिबिधिमा नगरपालिकाले सहयोग गर्ने बताए । 

कार्यक्रममा क्लबका सदस्य सहित हिलेका बिभिन्न ब्यक्तित्व तथा स्थानियबासीको उपस्थिति रहेको थियो । यो क्लबले बेडमिन्टन खेल सहित रक्तदान वृक्षारोपण लागायतका बिभिन्न सामाजिक काम समेत गर्दै आएको सस्थाका सचिब सन्तोस श्रेष्ठले बताए । 

सोहि अबसरमा क्लबले क्लबलार्य आर्थिक एवं भौतिक सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा बितरक संघ धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठ, जुनु चियाबारीका म्यानेजर राजेश कट्वाल रहेका छन् । उनीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । 

  • Dhankutapress

थप