Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

युनेस्कोका नवप्रवर्तकहरुको प्रचार–प्रसार कार्यक्रम धनकुटामा

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोको निमिक्त नेपाल राष्ट्रिय आयोग काठमाण्डौंको आयोजनामा नवप्रवर्तकहरुको प्रचार–प्रसार कार्यक्रम सोमवार धनकुटामा सम्पन्न भएको छ । 

धनकुटा नगरपालिकाको सहकार्यमा सम्पन्न युनेस्कोका नवप्रर्वतकहरुको प्रचार–प्रसार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोको निमिक्त नेपाल राष्ट्रिय आयोग काठमाण्डौंका शाखा अधिकृत उषा पोख्रेलले सहजिकरण गरेका थिए । उनले युनेस्कोका नाराहरु, अवधारणाहरु, विश्वव्यापी सोंचहरु स्थानिय स्तरमा कार्यान्वयन र मानब मस्तिष्कमा शान्तिको बिजारोपणका बारेमा सहजीकरण गरेका थिए । 

सो अवसरमा अधिकृत पोखरेले युनेस्कोको पृष्ठभूमि, आयोगको संक्षिप्त इतिहाँस, युनेस्कोका आदर्शहरु, उदेश्यहरु, साझेदार संस्थाहरु, आयोगको आर्थिक स्रोतहरु र युनेस्कोले नेपालमा गरिरहेको मुख्य कार्यहरुको बारेमा स्पष्ट पारेका थिए । 

त्यसैगरी धनकुटा नगरपालिकामा संचालन भैरहेको फोहोर महिला व्यवस्थापन र वातवरण संरक्षणको क्षेत्रमा भैरहेको प्रयासका वारेमा वातबरण अधिकृत उपेन्द्र खनालले जानकारी गराएका थिए । उनले नगरमा हुन सक्ने सम्भावित प्रकोपहरु, जलवायूजन्य प्रकोपहरु, प्रकोप व्यवस्थापनमा धनकुटा नगरले गरिरहेको प्रयासहरु, जलावयु अनुकुलनका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी धनकुटा नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रमणि श्रेष्ठले नगर क्षेत्रको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । सो अवसरमा उनले धनकुटा नगरपालिका भित्र प्रा.वि.–२१, निमावि–९ र मा.वि.–९ गरी जम्मा ३९ वटा विद्यालयहरु रहेको जानकारी दिए । सामुदायिक सिकाई केन्द्र–४ र धार्मिक विद्यालय (गुरुकुल शिक्षाको लागि) १ वटा रहेको छ । त्यसैगरी धनकुटा नगर क्षेत्रमा निजि विद्यालयहरु १६ वटा रहेका छन् । सो अवसरमा शिक्षा शाखा प्रमुख श्रेष्ठले धनकुटा नगर क्षेत्रमा देखिएको शैक्षिक क्षेत्रका समश्या र चुनौतिका बारेमा पनि सहभागीहरु माँझ् जानकारी गराएका थिए । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, धनकुटा क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णगोविन्द्र अधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थिहरु, विभिन्न समाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु, स्थायिन संचारकर्मीहरुको सहभागिता रहेको थियो ।   

  • dhankutapress

थप