धनकुटा प्रेस सम्वाददाता
लुम्विनी/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको आठौं संघीय महाधिवेशनबाट सर्वसम्मत रुपमा लक्की चौधरी चयन भएका छन् ।
लुम्बिनी प्रदेशको पर्सा स्थित् अवस्थित लुम्बिनी बौद्व विश्वविद्यालयमा चैत २९ र ३० गते आयोजित आठौं संघीय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्त रुपमा चौधरी चउन भएका हुन् । उनीसंगै वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, उपाध्यक्ष विश्वराज तामाङ (खुला), उपाध्यक्ष अञ्जना शिल्पकार (महिला), संस्थागततर्फ अर्जुन जम्नेली राई, यमन राईडोने (अल्पसंख्यक) र महासचिवमा समीर बलामी निर्वाचित भएका हुन् ।
तीन खुला सचिवतर्फ मिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबि आस्था मगर, संस्थागत सचिव सुनिल महर्जन, महिला सचिवद्वयमा माला पालुङवा लिम्बु, मिला दराई, कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ र सह–कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ (कमला) निर्वाचित भएका छन् ।
त्यसैगरी सात प्रदेशको इन्चार्जतर्फ प्रदेश नं.१ मा राजेन्द्र दुष्ट, मधेश प्रदेशमा शंकरलाल श्रेष्ठ, बागमती प्रदेशमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकी प्रदेशमा रुद्र श्रीस, लुम्बिनी प्रदेशमा गजेन्द्र गुरुङ, कर्णाली प्रदेशमा रत्न सुनुवार र सुदूरपश्चिम प्रदेशमा राम लखन चौधरी निर्बाचित भएका छन् ।
यसैगरी संघीय सदस्यहरुमा अतित योङ्हाङ, केशब गुरुङ, प्रदिप कुमार चौधरी, प्रज्वल श्रेष्ठ र प्रबिन श्रेष्ठ निर्वाचित भएका छन् । संस्थागत सदस्यतर्फ प्रदिप कुमार लेखी, साहिला तामाङ, दान बहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य निर्वाचित भएका छन् ।
यता महिला सदस्यतर्फ विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बु, रिया आले, अल्पसंख्यक सदस्यद्वयमा संगीता चेपाङ, प्रितम भुजेल निर्वाचित भएका छन् ।
संघीय समितिको सदस्यमा विनोद श्रेष्ठ (विदेश), लेखा समितिको संयोजकमा गजेन्द्र राई र लेखा समितिको सदस्यमा प्रविण कुमार गाहा निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष लक्की चौधरीका अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष खुला, महासचिव, सचिव खुल्ला, महिला सचिव र संघीय सदस्य लगायतका पदमा निर्वाचन भएको थियो । फोनिज संघीय समितिका वरिष्ठ उपाध्यक्ष अध्यक्षमा लक्की चौधरी र उपाध्यक्ष अमरध्वज लामाको दाबी रहेपनि लामाले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा चौधरी सर्वसम्मत निर्वाचित भएका थिए ।
- dhankutapress