Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

प्रेस चौतारी नेपालको दशौं महाधिवेशनमा एमाले अध्यक्ष ओलीको ठाडो निर्देशन

राईलाई उम्मेदवारी नै दर्ता गर्न नदिई जबर्जस्ती अर्का उम्मेदवारलाई समर्थन गर्न बाध्य पारियो

  •   २ वर्ष अघि | १० चैत्र २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

विराटनगर/विराटनगरको होटल मनास्लु इनमा जारी प्रेस चौतारी नेपालको दशौं अधिवेशनको अध्यक्षको दावी राजेश राईले छाडेका छन् । सोमबार साँझ बन्दसत्रमा बोल्दै राईले अब आफूले अध्यक्ष पदको दावी छाडेको घोषणा गरेका हुन् ।उनले अध्यक्ष छाड्नका लागि आफूले पार्टी नेतृत्वसँग कुनै अर्को पदको सौदाबाजी पनि नगरेको बताएका छन् । उनले भने, ‘अब मेरो पदको दावी हुने छैन, जे जति गरिन्छ सक्रिय पत्रकारिता गरिन्छ ।’ राईलाई अध्यक्षमा उम्मेदवारी नै दर्ता गर्न नदिई जबर्जस्ती अर्का उम्मेदवारलाई समर्थन गर्न बाध्य पारिएको हो । जुन कुरालाई उनले बन्दसत्रको हलमा भावुक भएर आफूले अध्यक्ष पद छाडेर पार्टी नेतृत्वलाई सजिलो पारेको बताए ।राईले अध्यक्ष पद छाड्नका लागि आफूले पार्टी नेतृत्वसँग कुनै अर्को पदको सौदाबाजी गरेनन् /

नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन सोमबार नयाँ नेतृत्वको घोषण गरी सम्पन्न हुँदैछ । चुनाव हुन नदिई एकतर्फी नामवली टाँस गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अह्राए बमोजिम अहिले पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र राजेन्द्र गौतम त्यसको अन्तिम तयारीमा जुटेका छन् । उनीहरूले अध्यक्षको प्रत्यासी राजेब राईलाई उछिट्याएर गणेश पाण्डे अध्यक्षसहितको नामवली टास्ने तयारीमा जुटेका छन् ।

  • dhankutapress

थप