पञ्चमाया तामाङ
धनकुटा प्रेस सम्वाददाता
धनकुटा/लोकसेवा आयोग धनकुटाले ७५ औं बार्षिकोत्सव तथा हीरक जयन्तीका अवसरमा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
जिल्ला समन्वय समिति धनकुटाको सभाहलमा आईतवार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर मा.वि. धनकुटा–५ टुडिखेलले प्रथम स्थान हात पार्न सफल भएको छ । त्यसैगरी जनकल्याण मा.वि. धनपा–१० मार्गा द्वितीय र गोकुण्डेश्वर मा.वि. धनकुटा–६ सिरान बजारले तृतीय स्थान हासिल गरेको थियो । प्रतियोगितामा भाषा मा.वि. धनकुटा–३ कागते र त्रिवेणी मा.वि. धनकुटा–७ चुलीवनले भने सान्तवना पुरुस्कार प्राप्त गरेको थियो ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी मेडल, प्रमाणपत्र तथा नगद पुरूस्कार प्रदान गरिएको थियो । सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र र सान्त्वना पुरुस्कार प्रदान गरिएको थियो । प्रतियोगतामा धनकुटा नगरपालिका भित्रका विद्यालयहरुले भाग लिएका थिए । विजयी विद्यालयका छात्र,छात्राहरुलाई आयोजित कार्यक्रममा लोकसेवा आयोग धनकुटा कार्यालयका कार्यालय प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका इकाई प्रमुख मोहन राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु र लोक सेवा आयोग धनकुटाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । यसैगरी आयोगको ७५औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीका अवसरमा लोकसेवा आयोग धनकुटा कार्यालयको परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।
- dhankutapress