धनकुटा प्रेस सम्वाददाता
हिले/नेपाली सेनाले धनकुटाको हिलेस्थित २ नम्बर बाहिनी अड्डाको प्रवेशद्वारमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरेको छ ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार शालिकको औपचारिक अनाबरण गरिएको हो । शालिकको अनावरण नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी गौरवकुमार केसीले गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरु, पाख्रीवास नगरपालिकाका नगर प्रमुख ज्ञानवहादुर गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला स्थित् सुरक्षा नियकायका प्रमुखहरु तथा अन्य सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
राष्ट्र एकिकरणमा पृथ्वीनारायण शाहले पुर्याएको ऐतिहासिक योगदानको सम्मान तथा राष्ट्रिय एकताको भावना थप सुदृढ गर्ने उद्देश्यले शालिक स्थापना गरिएको २ नम्बर बाहिनीले जनाएको छ । सेनाले राष्ट्रनिर्माताको विचार, आदर्श र योगदानलाई भावी पुस्तासम्म र्पुयाउन यस्ता संरचनात्मक पहललाई निरन्तरता दिने जनाएको छ । 
- dhankutapress