Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सप्तकोशी उच्चबाँध बारेमा धनकुटामा भएको छलफल निष्कर्ष बिहिन

  •   १ वर्ष अघि | ४ जेष्ठ २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/सप्तकोशी उच्चबाँध परियोजनाको विविध विषयमा शुक्रवार धनकुटामा भएको सर्वपक्षीय छलफल बिना निष्कर्ष टुङ्गिएको छ । सर्वपक्षीय छलफल कार्यक्रम जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको अध्यक्षतामा सप्तकोशी उच्चबाँधका विषयमा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको थियो । सर्वपक्षीय छलफल पछि सप्तकोशी उच्चबाँध विरुद्ध गठित संघर्ष समितिका अध्यक्ष असिम राई र सचिव छत्रप्रसाद राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘सर्वपक्षीय छलफल सौहाद्रपूर्ण वातवरणमा सम्पन्न भएको तर सर्वपक्षीय छलफल कार्यक्रमले कुनै ठोस निष्कर्ष दिन नसकेको प्रभावित क्षेत्रका पिडित सर्वसाधारणहरुमा सूचित गराउदछौ ।’

यसैगरि विज्ञप्तिमा भनिएको छ–‘सर्वपक्षीय छलफल कार्यक्रममा गहन विषयबस्तुहरु उठाइएका, िवषयवस्तुहरुलाई नजरअन्दाज नगर्न र सप्तकोशी उच्चबाँध राष्ट्रको, जनताको हितमा नभएको भन्दै उच्चबाँधको डिपिआरलाई तुरुन्त रोक्न, नरोकिए आम जनताद्वारा विद्रोह हुन सक्ने निष्कर्ष निकालेको छ ।’ संघर्ष समितिको सहभागिताको हस्ताक्षर पश्चात् कुनैपनि निर्णय लेखिएमा त्यसको सम्पुर्ण जिम्मेवारी आयोजक पक्षले नै लिनु पर्ने विज्ञप्ति मार्फत सम्पूर्णलाई जानकारी दिईएको छ । सप्तकोशी उच्चबाँध विषयमा सर्वपक्षीय छलफल रुपमा कार्यक्रममा प्रमुख भूमिका निर्वाह गर्नु हुने प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलप्रति सप्तकोशी उच्चबाँध विरुद्ध गठित संघर्ष समितिले विज्ञप्ति मार्फत धन्यवाद ब्यक्त गरेको छ । त्यसैगरी छलफल कार्यक्रममा संघर्ष समितिले उठान गरेको विषयमा जनचासो र चिन्ता लिएर जुन ढंगले सम्बोधन गरेर मात्र आयोजना संचालन गर्नु पर्ने भन्दै जोड दिने जिल्लामा क्रियाशिल सम्पूर्ण राजनीतिक दलहरुका प्रमुख एवं प्रतिनिधिहरुलाई पनि संघर्ष समितिद्वारा आभार प्रकट गरिएको उल्लेख छ ।

सर्वपक्षीय छलफल कार्यक्रममा उपस्थित जिल्ला समन्वय समिति प्रमुखका निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायत पालिका प्रमुखहरु, प्रभावित पालिका भित्रका वडाध्यक्षहरु लगायत संचारकर्मीहरुप्रति समेत धन्यवाद व्यक्त गरिएको छ ।छलफलामा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।  

  • dhankutapress

थप