Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

लुम्बिनी प्रदेशको फोनिजको अध्यक्षमा प्रेमवहादुर राज्मा

आठौं संघीय महाधिवेशनको सम्पूर्ण तयारी सकियो

  •   २ वर्ष अघि | २३ चैत्र २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

राप्ती/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकाको सभा हल देउखुरी दाङमा सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनबाट प्रमवहादुर राज्मा मगर (दाङ) निर्वाचित भएका छन् । 

आईतवार सम्पन्न प्रादेशिक महाधिवेशनको बन्दसत्रले उपाध्यक्षमा जेवी दर्लामी (अर्घाखाँची) महिला उपाध्यक्ष वन्दना घर्ति (रोल्पा), महासचिवमा सनु थापा मगर (रुपन्देही), सचिवमा सुजल श्रेष्ठ (प्यूठान) र कोषाध्यक्षमा भरतराम थारु (बाँके)  रहेको छन् । 

त्यसैगरी सदस्यहरुमा दिपक कुमाल (दाङ्ग), दिलवहादुर गाहा (पाल्पा), निर्मला थापा (रुपन्देही), पुरन राकस (गुल्मी) र छाँया पुन मगर (रोल्पा) रहेका छन् । वाँकी सदस्य पदहरुमा विधान वमोजिम पछि पदपुर्ति गर्ने वनािर्वचित अध्यक्ष प्रेमवहादुर राज्मा मगरले जानकारी दिएका छन् । त्यसैगरी संघीय प्रतिनिधिमा गजेन्द्र गुरुङ्ग,प्रतिज्ञा वुढा मगर र प्रेमवहादुर राज्मा रहेका छन् । 

फोनिजको आठौं संघीय महासधिवेशन यहि आउँदो चैत्र २९ र ३० गते लुम्विनीमा सम्पन्न हुन गइरहेको छ । संघीय महाधिवेशनको पुर्वसन्ध्यामा लुम्बिनी प्रदेशको प्रादेशिक महाधिवेशन सम्पन्न हुनले अर्थ राख्ने भएको छ । फोनिजका संघीय अध्यक्ष गजुरधन राईले फोनिजको आठौं संघीय महाधिवेशन नजिकीदै गर्दा सातै प्रदेशमा प्रादेशिक महाधिवेशन, ६६ जिल्लामा जिल्ला अधिवेशन, ८ वटा एकल जातिय पत्रकार संघहरुको राष्ट्रिय महाभिवेशन र ८ वटा विदेश शाखाहरुमा शाखा अधिवेशन सम्पन्न भएको बताएका छन् । उनले लुम्बिनीमा सम्पन्न हुन गईरहेको फोनिजको आठौं संघीय महासधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् । 

  • dhankutapress

थप