धनकुटा प्रेस सम्वाददाता
धनकुटा/एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको हत्या र संचारगृह माथि वुधवार काठमाण्डौंमा भएको आक्रमणको निन्दा गर्दै सनिवार धनकुटामा विरोधसभा आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा सम्पन्न विरोधसभामा बोल्ने बक्ताहरुले शुक्रवबार काठमाण्डौंमा भएको अराजक मानवता विरोधी र जघन्य अपराधिक गतिविधि भएको भन्दै घट्नामा संलग्नलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । विरोधसभामा बोल्ने बक्ताहरुले एभिन्यूज टेलिभिजनका क्यामारापर्सन सुरेश रजकलाई कोठा भित्र बन्धक बनाएर हत्या गरेको भन्दै घट्नामा संलग्नलाई तत्काल कानुन् बमोजिम कार्वाही गर्नु पर्ने माग सरकारसंग राखेका छन् ।
उनीहरुले संचारगृह, पत्रकार, सर्वसाधरण नागरिक, सार्वजानिक सम्पति, सरकारी सम्पतिको तोडफोड आगजानी गरेकाले दोषीलाई हदैसम्मको कार्वाही गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले लोकतन्त्र, गणतन्त्रको बिकल्क लोकतन्त्र, गणतन्त्र नै हुन सक्ने भन्दै कुनै पनि हालतमा नेपालमा मरिसकेको राजतन्त्र नफर्किने दाबी गरेका छन् । बक्ताहरुले भने–‘आर्यघाटमा पुगिसकेको राजतन्त्र फेरी फर्कन्छ भन्नु राजाबादीहरुको लागि दिवासपना मात्र हो ।’
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न विरोधसभामा प्रेस स्वतन्त्र सेनानी एवं नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका पूर्व उपाध्यक्ष संजय सन्तोषी राई, नेपाली कांग्रेसका पहिचानवादी नेता आनन्द सन्तोषी राई लगायतले सम्बोधन गरेका थिए ।
त्यसैगरी विरोधसभालाई उद्योग वाणिज्य संघ धनकुाटका अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, पुर्व माओवादी नेता ऋषिराम ढुङ्गाना, दलितमुक्ति आन्दोलनका अगुवा गोपाल वि.क., प्राध्यापक एवं यूवा समाजसेवी जयपूर्ण भूजेल, सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलवहादुर थापा, पत्रकारजन्य संघ, संगठनका अगुवाहरुले विरोधसभालाई सम्बोधन गरेका थिए ।
- dhankutapress