धनकुटा प्रेस सम्वाददाता
धनकुटा/मुकुम्लुङ संरक्षण संघर्ष समिति र केबलकार निर्माण कार्य खारेज गर्नु पर्छ भन्दै आन्दोलन गरिरहेका संघर्ष समिति नेता तथा कार्यकर्ताहरुले आव्हान गरेको तमोर करिडोरमा मंगलवार विहानै देखी यातयात ठप्प पारेका छन् ।
धनकुटा जिल्लाको साागुरीगढी गाउँपालिका वडा नं.१ लाबरबोटे स्थित् चोकमा संघर्ष समितिका सदस्यहरुले मंगलवार विहान करिव ५ वजे देखी तमोर करिडोरमा यातयात आवागमन ठप्प पारेका हुन् । उनीहरुले मुकुम्लुङमा केवलकार निर्माण गर्नु हुँदैन भनेर शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरी प्रशासनले ३ दिन अघि गोली प्रहार गरी दर्जनौं कार्यकर्ताहरुलाई गम्भिर घाईते बनाएको विरोधमा अनिश्चितकालिन यातयात वन्द आव्हान गरेका हुन् ।
तमोर करिडोरको यातयात बन्द सफल बनाउनको लागि पहिचानवादी मोर्चा सुनसरीका नेता जेन्टर लावती, जसपा नेपालका नेता सुमन चेम्जोङ, कोशी नाम खारेज धनकुटा जिल्ला सघर्ष समितिका सदस्य रामकुमार राई लगायतको नेतृत्वमा सयौं पहिचानवादी यूवाहरु लाबरबोटेमा तैनाथ रहेका छन् । उनीहरुले ताप्लेजुङ्गको मुकुम्लुङमा केवलकार निर्माण गर्ने कार्य नेपाल सरकारले फिर्ता नगरेसम्म निरन्तर आन्दोलन गर्ने चेतावानी दिएका छन् ।
तमोर करिडोर बन्द गर्न धनकुटाको लावरबोटे आईपुगेका संघर्ष समितिका सदस्य एवं पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीले भने–‘घाईतेहरुको सरकारबाट उपचार, उचित क्षतिपुर्ति र केवलकार निर्माण कार्य नरोकेसम्म आन्दोलन निरन्तर अघि वढ्नेछ ।’ उनले मुकुम्लुङ बचाउ संघर्ष समिति र केवलकार खारेज गर्न संघर्ष समितिको माग र मुद्धालाई सरकारले सम्वोधन नगरेसम्म आन्दोलन निरन्तर जारी रहने बताएका छन् ।
- dhankutapress