Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

‘नियम कानूनले निर्देश गरेको आधारमा लिखित जवाफ र कानूनी राय लिनदिन सकिने’

  •   १ वर्ष अघि | २४ बैशाख २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/‘नियम कानून्ले निर्देश गरेको आधारमा लिखित जवाफ र कानूनी राय लिनदिन सकिने’ मंगलबार धनकुटामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले बताएका छन् । 

उच्च अदालत विराटनगर धनकुटा इजलासका मानिनय मुख्य न्यायधिश देशवहादुर सार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न ‘लिखित जवाफ र कानूनी राय सम्वन्धी अनुशिक्षण एवं अन्तरक्रिया कार्यक्रम’ मा सहभागी बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले रिट क्षेत्रमा वढी भन्दा वढी प्रयोगमा आउने विषय भनेकै लिखत जवाफ भएको बताएका छन् । कानूनका कुरा तथ्यगत ढंगले समर्थन र खण्डन गर्न कानुनी रायको आधारमा सकिने पनि उनीहरुले स्पष्ट पारेका छन् । सारमा ‘भन्न खाजेको चुरो कुरो नै लिखित जवाफ र वुँदागत रुपमा पुष्ट्याई गरिने बिषय नै कानूनी राय हो भन्ने वुझ्नु पर्नेमा उनीहरुले जोड दिए । लिखित जवाफ र कानूनी राय सम्वन्धी अनुशिक्षण एवं अन्तरक्रिया कार्यक्रमको उद्धघाटन सत्रमा उच्च अदालत विराटनगर धनकुटा इजलासका मानिनय मुख्य न्यायधिश देशवहादुर सार्की, माननिय न्यायधिश पुन्नेश्वर प्रसाद उपाध्याय, जिल्ला अदालत धनकुटाका न्यायधिश नारयण प्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, वरिष्ठ अधिवक्ता रोहित डाँगी, उच्च अदालत वार एशोसिएशन धनकुटाका अध्यक्ष दिनेश पौडेल, जिल्ला अदालत वार धनकुटाका अध्यक्ष दिपक गुरागाँई लगायतले आ–आफ्नो धारणा राखेका थिए । मुख्य न्यायधिवक्ताको कार्यालय कोशी प्रदेस विराटनगरको आयोजनामा सम्पन्न एक दिवशिय अन्तरक्रिया कार्यक्रममा कोशी पहाडका तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुर जिल्लाका न्यायक्षेत्रसंग सम्वन्धित् रहेर काम गर्ने सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रमको औचित्य माथि मुख्य न्यायधिवक्ताको कार्यालय विराटनगरका उप–न्यायधिवक्ता पदमप्रसाद वस्तीले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए । उनले हरेक वर्ष उच्च अदालत रहेका जिल्लाहरु धनकुटा, इलाम, ओखलढुङ्गा र विराटनगरमा वार्षिक कार्यक्रम तय गरेर ‘लिखित जवाफ र कानूनी राय सम्वन्धी’ अन्तरक्रिया कार्यक्रम हरेक वर्ष आयोजना गर्ने गरेको बताएका छन् । अन्तरक्रिया कार्यक्रमको संचालन सह–न्यायधिवक्ता निर्मला दाहालले गरेकी थिइन ।

  • dhankutapress

थप