Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

जसपा नेपालको प्रदेश अधिवेशन भदौ २७ र २८ मा हुने

  •   १ वर्ष अघि | २१ साउन २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

इटहरी/जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ अधिवेशन भदौ २७ र २८ मा हुने भएको छ । 

जसपा नेपाल प्रदेश नं १ समितिको आइतबार सम्पन्न कार्यकारिणी बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति र स्थान तोकेको हो । अधिवेशन प्रदेश १ को राजधानी बिराटनगरमा सम्पन्न हुने सो पार्टीले जनाएको छ । 

अधिवेशनको आवश्यक तयारीका लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको जसपा नेपाल प्रदेश नम्बर १ का अध्यक्ष दिपक याक्दाले जानकारी दिए । ‘अधिवेशन भव्य र सभ्य गरी सम्पन्न गर्ने तयारी छ । त्यसका निम्ति हामीले विभिन्न समिति गठन गरेर काम थालेका छौँ । व्यापक सहभागिताका बीच प्रदेश १ बाट महत्त्वपूर्ण राजनीतिक सन्देश दिनेगरी पार्टीले यो अधिवेशनलाई उपयोग गर्नेछ’, याक्खाले भने ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष एवम् १ नं। प्रदेश आन्दोलन परिचालन तथा समन्वय समितिका संयोजक रकम चेम्जोङलगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने अधिवेशनको बन्दशत्रमा एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने जसपा नेपाल प्रदेश १ का मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिए । ‘राष्ट्रिय समिति, जिल्ला समिति, जनवर्गीय संगठनहरु र पार्टी संगठित सदस्य संख्याको अनुपातमा प्रतिनिधि पर्यवेक्षकको व्यवस्था गरिनेछ । हामी चाँडै संगठित सदस्यता संख्या टुङ्गाउने गरी काम गरिरहेका छौँ’, उनले भने ।

आइतबारको बैठकले प्रदेश अधिवेशनको निर्वाचन सम्बन्धी कार्य सम्पन्न गर्न अधिवक्तासमेत रहेका उपेन्द्र लावतीलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको पार्टीले जनाएको छ ।अधिवेशनका लागि विभिन्न उप समिति गठन गरेको जसपा नेपालले आर्थिकको जिम्मा केशव जबेगू, मनोज यादव, टंक मोक्तान, ऐत चेम्जोङ, रिता खापुङ र दीर्घमान तामाङलाई दिएको छ । त्यस्तै प्रचार प्रसार तथा प्रकाशनको जिम्मा हस्तशोभा राई, भक्त राई, नवीन माबोहाङ र श्याममाया राईलाई दिएको जनाएको छ ।

पार्टी प्रदेश समितिको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनको जिम्मा क्रमशः  दिपक याक्खा, घनश्याम कटुवाल र केशव जबेगूले पाएका छन् भने प्रतिनिधि व्यवस्थापनमा विष्णुकुमार लावती, विशाल आङ्देम्बे, तेन्जिङ शेर्पा, मनोज यादव, आङ्छेपाल शेर्पा र भरत याक्खालाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।

त्यस्तै अतिथि सत्कारमा पदमकुमारी राई, उषा यादव र कुमार सुनुवार, हल, मञ्च, आवासतर्फ अनिल ठाकुर, सम्सतबरेज आलम, नवीन राई र छिवाहाङ राईलाई जिम्मेवारी दिइएको छ ।

जसपा नेपालले प्रदेश १ मातहतका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र मधेश राष्ट्रिय समितिसहित मोरङ, सुनसरी, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, सोलुखुम्बु जिल्लाका अधिवेशन सम्पन्न भइसकेका र बाँकी जिल्लाको अधिवशेन चाँढै सम्पन्न गरिने मुख्यसचिव कटुवालको भनाइ छ ।

  • dhankutapress

थप