Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

कर्मचारी सञ्चय कोष धनकुटाको घुम्ति सेवा ताप्लेजुङमा

  •   २ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/कर्मचारी सञ्चय कोष सेवा केन्द्र धनकुटाको आयोजनामा ताप्लेजुङ्गको फुङ्गलिङ्ग नगरपालिकामा घुम्ति सेवा सनिवार सम्पन्न भएको छ ।  

कोषले मंसिर २० गते देखि २२ गते शनिबारसम्म सेवाग्रही माँझ घुम्ति सेवा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  कर्मचारी संचयकोषले ताप्लेजुङ्ग जिल्लाको विभिन्न पालिकामा कार्यरत सञ्चयकर्ताको हितलाई ध्यानमा राख्दै आयोजना गरेको कायक्रममा तीनै तहका निजामति, प्रहरी, सेना, तथा सरकारी संस्थानमा कार्यरत कर्मचारीहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । 

कर्मचारी संचयकोषले घुम्ति सेवासगैं मंसिर २१ मा अन्तरर्कया कार्यक्रम समेत आयोजना गरेको छ । कोषको सह–प्रशासक जीवन कुमार कट्वालको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको प्रमुख आतिथ्यता भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा विभागीय प्रमुखहरु सुभाष खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा आएको कोष तथा निवृती भरण सम्बन्धी सवालमा विभागिय प्रमुख सागर कुमार सिंहले प्रकाश पारेका थिए । कोषले आयोजना गरेको घुम्ति सेवामा ७३ जनाले केवाईसी अध्यावधिक, डिजिटल कार्ड ५ सय ९० जनाले, कोष कट्टी तथा बेचालु खाता एकीकरण १ सय ५२ जनाले पाएका थिए । 

त्यसैगरी छुट भुक्तानी २३ जना, सुत्केरी तथा शिशु स्याहार फारम संकलन २२ जना, सञ्चयकर्ता स्वास्थ्योपचार शोधभर्ना फारम संकलन २ जनाले गरेका थिए । सोही क्रममा नयाँ परिचय पत्र नम्बर प्रदान १४ जना, नयाँ केवाईसी विवरण प्रविष्टि ६१ जना गरी जम्मा १ हजार १ सय १७ जना सञ्चयकर्ता लाभान्वित भएको कर्मचारी संचयकोष सेवा केन्द्र धनकुटाले जानकारी दिएको छ ।  


  • dhankutapress

थप