Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

कोशी नाम र केबलकार परियोजना खारेज नहुन्जेल आन्दोलन नरोक्ने चेतावनी

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/प्रदेशको नाम कोशी र ताप्लेजुङ्गमा केबलकार परियोजना खारेज नहुन्जेलसम्म संघर्षको कार्यक्रम निरन्तर अघि बढ्ने धनकुटामा आयोजित विरोधसमा सहभागी बक्ताहरुले उद्घोष गरेका छन् । प्रदेश सरकारले ०७९ फागुण १७ गते कोशी प्रदेश नामंकन गरि प्रदेसको नाम घोषणा गरेको दिनलाई प्रदेश नं.१ पुनः नामंकन संघर्ष समितिले धनकुटाको मदनचोकमा सनिवार आयोजना गरेको विरोधसभामा बोल्ने बक्तहरुले यस्तो उद्घोष गरेका हुन् । 

विरोधसभालाई सम्वोधन गर्दै प्रदेश नं.१ पुनःनामंकन जिल्ला संघर्ष समन्वय समिति धनकुटाका संयोजक एवं पहिचानवादी नेता संजय सन्तोषी राईले ताप्लेजुङ्गमा फागुण १० गते राती प्रहरी दमन गरेर स्वेत आतंक मच्चाउने सिडियो नेत्रप्रसाद शर्मालाई कार्वाही गर्नु पर्ने बताए । उनले भने–‘नागरिकले शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको अवस्थामा प्रहरी दमन गर्न निर्देशन दिने ताप्लेजुङ्गको सिडियो हामीलाई चाहिन्दैन ।’ यदि सरकारले बिभागिय कार्वाही गरेन भने ताप्लेजुङ्गका जनताले जनकार्वाही गर्ने भन्दै संयोजक राईले चेतावनी दिए । उनले प्रदेशको नाम कोशी र ताप्लेजुङ्गको मुक्कुम्लुङ्गमा केबलकार खारेज नहुन्जेल निरन्तर आन्दोलन अघि बढाउनु पर्नेमा जोड दिए । 

सो विरोधसभामा जसपा नेपालका जिल्ला सचिव डम्वर कट्वाल, जसपाका यूवा नेता निशान किराँती, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष आशिष थेगीम, कियाचु धनकुटाका अध्यक्ष कमलसिं तिगेला, किराँत राई यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई, फोनिजका निवर्तमान प्रदेस अध्यक्ष सन्तवीर लामा लगायतले सम्बोधन गरेका थिए । उनीहरुले प्रदेशको नाम कोशी र ताप्लेजुङ्गमा केबलकार खारेज नहुन्जेलसम्म आन्दोलन देशव्यापी रुपमा जारी राख्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले प्रदेस र केन्द्रबाट ‘प्रदेशको नाम कोशी र ताप्लेजुङ्गमा केबलकार खारेज’ को लागि पूर्बघोषित आन्दोलनलाई धनकुटामा पनि निरन्तरता दिनु पर्नेमा जोड दिए । विरोधसभाको संचालन जिल्ला संघर्ष समन्वय समितिका सचिव डम्वर खवाहाङ्ग लिम्वूले गरेका थिए । 

  • dhankutapress

थप