Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौं/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधामन्त्री पदबाट राजीनामा दिएका छन् । संसद् सचिवालयका अनुसार उनले राजीनामा दिएका हुन् । 

सरकारले सामाजिक सञ्जाल लगायत विभिन्न संचार माध्यामहरुमा बन्द गरेर नागरिकको वाक स्वतन्त्रताको हकलाई वन्देज लगाएपछि जेन जी समूहले सोमवार देखी देशव्यापी रुपमा प्रदर्शन थालेको थियो । पहिलो दिनको प्रदर्शनमा जेन जी समूहलाई ओली सरकारले दमन गर्नुको साथै एकै दिनमा २६ जनाको गोली हानी हत्या गरेपछि दोश्रो दिन जेन जीे ले देशव्यापी आन्दोलन गर्ने क्रममा सत्ता सम्हाल्न नसक्ने स्थिति भएपछि पदबाट राजिनामा दिएका हुन् । जेन जी समूहले सरकारका सैवैधानिक निकायहरु, पार्टी कार्यालयहरु, नेताका घर, निवासहरुमा देशव्यापी जनजी समूहले आक्रमण गर्न थालेपछि नेपाली सेनाका प्रधान सेनापतीको आग्रहमा राजीनामा दिएका हुन् । उनले भर्खरै आएको राजीनामा पनि प्रधानमन्त्री ओलीले स्वस्फूर्त नभई नेपाली सेनाका प्रधानसेनापतिको आग्रहमा राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । ओलीले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै राजीनामा दिएको दाबी गरे पनि भारतीय मिडिया आजतकका अनुसार प्रधानसेनापति अशोकराज सिग्देलले आग्रह गरेपछि मात्रै राजीनामा दिएको उल्लेख गरिएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन् ।

  • dhankutapress

थप