Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

निर्वाचन र आमसंचार विषयक अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न

  •   ८ महिना अघि | १२ फाल्गुन २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/निर्वाचन र आमसंचार विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलवार धनकुटामा सम्पन्न भएको छ । 

जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा धनकुटामा क्रियाशिल पत्रकारहरु माझ आसन्न निर्वाचन र आमसंचार विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को बारेमा जिल्ला निर्वाचन अधिकारी माधव अधिकारीले सहजिकरण गरेका थिए । 

उनले निर्वाचन प्रक्रिया र निर्वाचन चक्रका वारेमा जानकारी दिए । उनले आसन्न निर्वाचनका लागि धेरै निर्वाचन प्रक्रिया पुरा भएपनि शान्तिपूर्ण मतदान र मतगणना बाँकी रहेको बताए । सो अवसरमा उनले सहभागी पत्रकारहरुलाई निर्वाचन प्रक्रियाका महत्वपूर्ण विषयहरुमा जानकारी गराए । साथै, उनले मतदाता शिक्षा कार्यक्रम गएको फागुण ३ गते देअि शुरु भएर जिल्लाको ६० वटै वडामा सम्पन्न भैसकेको स्पष्ट पारे । अधिकारीले निर्वाचनको थप कार्यतालिका, मतदाताहरुको अन्तिम नामवली प्रकासन, मतपत्र लगायत निर्वाचनको लागि आवश्यक ५२ प्रकारका आवश्यक सामाग्रीहरु मतदान केन्द्रमा पठाउन तयारी अवस्थामा रहेको बताए । यस वर्ष अघिल्लो वर्षहरुमा झै समानुपातिक तर्फको उम्मेदवारहरुलाई मतदान गर्नको लागि धनकुटा नगरपालिका वडा नं.६ मा रहेको माथिल्लो गोकुण्डेश्वर मावि र जिल्ला कारगार कार्यालय धनकुटामा अस्थायी मतदान केन्द्र राखिएको छ । धनकुटामा समानुपातिकमा मात्र मतदान गर्न पाउने अस्थायी मतदाता संख्या २ हजार, ३ सय ८ रहेको छ । माथिल्लो गोकुण्डेश्वरमा रहेको मतदान केन्द्रमा १ हजार, २ सय, २८ जनाले मतदान गर्नेछन् भने बाँकीले जिल्ला कारगार धनकुटामा रहेको केन्द्रमा मतदान गर्नेछन् । धनकुटामा कुल मतदाता संख्या भने १ लाख, १८ हजार, ४ सय, २५ रहेको छ त्यसैगरी निर्वाचन अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले मतदाता शिक्षा विशेष कार्यक्रमको बारेमा जानकारी गराएका । उनले नमूना मत पत्र, मतदान गर्ने सहि तरिका, मतपत्र बदर हुने अवस्थाका बारेमा पनि जानकारी दिए । आमसंचार एवंम सामाजिक संजालबाट संचालन गरिने मतदाता शिक्षा कार्यक्रमका बारेमा पनि जानकारी दिइएको थियो । सदर मतपत्रको प्रतिसत विगतको भन्दा धनकुटामा बढाउने लक्ष्य राखिएको पनि जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ 

प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्गनामको विशेष उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास लगायतका स्थानिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।   

  • dhankutapress

थप