Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

१ लाख १८ हजार ४ सय २५ मतदाता धनकुटामा, १ सय १९ मददानस्थलमा १ सय ६६ मतदान केन्द्र

  •   १० महिना अघि | १७ पुस २०८२, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

पञ्चमाया माया तामाङ

धनकुटा/आगामी ०८२ फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राणाकालिन प्रशासनिक गौडा रहेको धनकुटा जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ जना मतदाता कायम भएका छन् ।

      अघिल्लो निर्वाचनको तुलनामा धनकुटामा अहिले मतदाताको संख्यामा वृद्धि भएको देखिएको छ । अघिल्लो निर्वाचनसम्म धनकुटामा एक लाख १६ हजार ९ सय ९१ जना मतदाता रहेकोमा एक हजार ४ सय ३४ जना मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय धनकुटाले मतदाता नामावली संकलन गर्दा ३ हजार २ सय ७२ जना मतदाताले नाम दर्ता गराएको भएपनि एक हजार ४ सय ३४ जना मतदाता मात्रै थप भएका हुन् । मतदाता नामावली संकलनका क्रममा जिल्ला निर्वाचन कार्यालयमा आएर १ हजार २ सय ८६ जनाले र राष्ट्रिय परिचय पत्रबाट १ हजार ९ सय ८६ जनाले नाम दर्ता गराएका थिए । 

जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै धनकुटाको कुल मतदाता एक लाख १८ हजार ४ सय २५ जना कायम भएको जानकारी दिए । जस अनुसार पुरुषको संख्या ५९ हजार ४ सय ८३ जना र महिलाको संख्या ५८ हजार ९ सय ४२ मतदाता कायम भएको श्रेष्ठले जानकारी दिए ।तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटा जिल्लामा स्थानीय तह अनुसारका मतदाता पनि सार्वजनिक भएका छन् । स्थानीय तह अनुसार धनकुटा नगरपालिकामा २४ हजार २ सय ९८ जना, महालक्ष्मी नगरपालिकामा १८ हजार ४ सय ४७ जना र पाख्रिबास नगरपालिकामा १७ हजार ७ सय १ जना मतदाता कायम भएका छन् । यस्तै साँगुरीगढी गाउँपालिकामा १६ हजार ७ सय २ जना, चौबिसे गाउँपालिकामा १४ हजार २६ जना, छथर जोरपाटी गाउँपालिकामा १३ हजार ६ सय ८७ जना र सहिदभूमि गाउँपालिकामा १३ हजार ५ सय ६४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै धनकुटामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र कायम भएका छन् । धनकुटामा अघिल्लो निर्वाचनमा १ सय १९ मतदान स्थल र १ सय ६२ मतदान केन्द्र रहेका थिए । धनकुटाको धनकुटा नगरपालिकामा १५ मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रिबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन् । 

यस्तै साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थलमा २६ मतदान केन्द्र, चौबिसे गाउँपालिकामा २१ मतदान स्थलमा २४ मतदान केन्द्र, छथर जोरपाटी गाउँपालिकामा १२ मतदान स्थलमा १८ मतदान केन्द्र र सहिदभूमि गाउँपालिकामा १४ मतदान स्थलमा १९ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी श्रेष्ठले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारीहरू गरिरहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

  • Mr. Admin

थप