Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

कृषि तथा पशुपक्षी बिकास मन्त्रीले दिए कर्मचारीलाई निर्देशन

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/कृषि तथा पशुपक्षी बिकास मन्त्री रामनाथ अधिकारीले नार्क अहिले बिसम परिस्थीतीमा रहेको बताएका छन् । 

राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्क अन्तरगत धनकुटामा रहेका कार्यलयहरुको वुधवार अनुगमन गर्दै मन्त्री अधिकारीले बिसम परिस्थीतीकै बिच सकेसम्म जनतालाई राम्रो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए । उनले अहिले कर्मचारी समस्यासँग जुधिरहेको नार्कमा सधै यो समस्या नरहने समेत बताए ।

मन्त्री अधिकारीले धनकुटामा रहेको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम, राष्ट्रिय ब्यबसायीक अनुसन्धान कार्यक्रय तथा राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेको स्थलगत अनुगमन गरे । अनुगमनको क्रममा सबै कार्यलयका प्रमुखले कार्यलयको अबस्था तथा अहिलेसम्म भएको प्रगितीको बारेमा जानकारी गराएका थिए । सो अवसरमा सरोकारवाला कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, स्थानिय सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • dhankutapress

थप