Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा मतगणना जारी, त्रिपक्षिय भिडन्त जारी

  •   ८ महिना अघि | २२ फाल्गुन २०८२, शुक्रबार

धनकुटा प्रेस समवाददाता

धनकुटा/प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनकुटामा जारी मतगणनामा शुक्रवार साँझसम्ममा त्रिपक्षिय भिडन्त जारी रहेको छ । 

साँगुरीगढी गाउँपालिकाको १० वडा र चौविसे गाउँपालिकाको १ र २ वटा वडामा खसेको मत गणना गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राईले अग्रता कायमै राखेका छन । उनले ३ हजार ३ सय ६२ मत प्राप्त गरेका छन । त्यसैगरी उनको उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द कुमार राईले २ हजार ७ सय २९ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन भने नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १ हजार, ९ सय मत प्राप्त गरेका छन् । यसरी हेर्दा धनकुटामा श्रमसंस्कृति पार्टीका सानवहादुर राई, एमालेका राजेन्द्र कुमार राई र नेपाली कांग्रेसका दिनेस राई विच कडा प्रतिष्पर्धा देखिएको छ । 

जम्मा खसेको मत ९ हजार, ४ सय, ८२ मा सदरमत ८ हजार, ७ सय, ७४ र बदर मत ७ सय ८ पुगेको छ । धनकुटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले ३ सय, ३१ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्म पौडेलले ४८ मत प्राप्त गरेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार आइतराज चेम्जोङ्गले १ सय २ मत प्राप्त गरेका छन् । 

धनकुटामा मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

  • dhankutapress

थप