Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

निर्बाचनमा अन्तर्घात गर्नेलाई एमाले धनकुटाले गर्यो निलम्बन

  •   ८ महिना अघि | २८ फाल्गुन २०८२, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

साँगुरीगढी/नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई ६ महिनाको लागि निलम्वन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोपमा मंगलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई निलम्वन गर्ने निर्णय गरेको एमाले धनकुटाका जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।

अध्यक्ष आङ्लाका अनुसार बैठकमा उठेको विषयका आधारमा उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो। राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुन् । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरेको छ । 

भीम राईको संयोजकत्वमा गठित समितिमा हिमादेवी भट्टराई र एमपी उपाध्याय सदस्य रहेका छन् । उपाध्यक्ष मुना राईले भने आफूलाई गरिएको भनिएको कारबाहीबारे हालसम्म औपचारिक जानकारी नपाएको बताएकी छन्। उनले विगतदेखि नै आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको दाबी गर्दै यदि कारबाही भएको भए त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन् ।

  • dhankutapress

थप