धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रदेशको नाम कोशी विरुद्ध उठेको पहिचानको आन्दोलनमा सहिद भएका पदम कुमार लिम्वू लाजेहाङ्गको सम्झनामा तेश्रो स्मृति सभा मंगलबार धनकुटामा सम्पन्न भएको छ ।
प्रदेशको नाम कोशी पुनः नामंकन संयुक्त संघर्ष समिति धनकुटाको आयोजना र किराँत याक्थुङ्ग चुम्लुङ्ग जिल्ला कार्य समिति धनकुटाको व्यवस्थापनमा प्रथम पहिचानी सहिद पदम कुमार लिम्वू लाजेहाङ्गको सम्झनामा तेश्रो स्मृति सभा आयोजना गरिएको हो । स्मृतिभामा बोल्ने बक्ताहरुले कोशी नाम खारेजी र मुक्कुमलुङ्ग आन्दोलन पहिचानसंग जोडिएको मुद्धा भएकाले दुवै आन्दोलनलाई एकै साथ उठाएर लानु पर्नेमा जोड दिएका छन् ।
स्मृति सभामा बोल्दै किराँत याक्थुङ्ग चुम्लुङ्गका जिल्ला अध्यक्ष कोशी नाम खारेजी र मुक्कुमलुङ्गको आन्दोलन पहिचानसंग जोडिएकाले एकै साथ उठाउनु पर्नेमा जोड दिए । उनले पहिचानको आन्दोलन फुटेर नभै जुटेर मात्र सम्भव हुने तर्क पेश गरे । उनले भने–‘विचार र आस्थाको हिसाबले जो जहाँ भएपनि तर, पहिचानको आन्दोलनमा सधैं सडकमा नै हुनेछु ।’ उनले एकतामा बल हुने भएकाले पहिचानको आन्दोलनमा सम्पूर्ण पहिचानवादीहरु एक भएर अघि वढ्नु पर्नेमा जोड दिए ।
त्यसैगरी कोशी नाम खारेज संयुक्त संघर्ष समिति धनकुटाका संयोजक सञ्जय संतोषी राईले पहिचानको आन्दोलनलाई शसक्त बनाएर लानु पर्नेमा जोड दिए । उनले राज्यसत्ता पछिल्लो समयमा एकात्मक शैलीले अघि बढीरहेकाले पहिचान र समावेशीताको लागि आन्दोलन गर्नुको बिकल्प नरहेको बताए । पहिचानको लागि कोशी नाम पुनः नामंकन संयुक्त संघर्ष समितिले सशक्त ढंगले आन्दोलन उठाउनु पर्छ तर, अहिले किन केन्द्रिय संघर्ष समितिका सेलाई रहेको छ भन्दै संयोजक राईले प्रति प्रश्न गरे।
त्यसैगरी किराँत आठपहरिया समाज नेपाललका केन्द्रिय अध्यक्ष अष्टबहादुर छोङ्गदेनले लाजेहाङ्गको स्मृति सभा आगामी बर्ष देखि धनकुटामा हरेक एकल जातिय संस्थाहरुले पालै पाले मनाउन पर्नेमा जोड दिए । उनले भने–‘हैन भने जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले आयोजक बनेर पहिचानी सहिद लाजेहाङ्गको स्मृति सभा मनाउनु पर्छ ।‘ उनले यो विषयमा धनकुटाका एकल जातिय संस्थाहरु र जनजाति महासंघ धनकुटाले सर्कुलर गरेर संस्थागत निर्णय गर्नु पर्नेमा जोड दिए ।
कोशी नाम पुनः नामंकन संयुक्त संघर्ष समितिअध्यक्षतमा सम्पन्न स्मृति सभामा कियाचु नगर अध्यक्ष नेमराज ताम्ली लिम्वू, कोशी नाम खारेज गर्न गठित जिल्ला संघर्ष समितिका सचिव डम्वर खवाहाङ्ग लिम्वू, जसपा नेपालका जिल्ला सचिब डम्बर कट्वाल, नेवाःदेय् दवू: का पुर्व जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधान लगायतले लाजेहाङ्गको स्मृतिमा उनको सम्झना गर्दै योगदानको चर्चा गर्दै श्रद्धाञ्ली व्यक्त गरेका थिए । कार्यक्रमको संचालन कियाचु धनकुटा जिल्ला समितिका सचिव शिवकुमार तिगेलाले गरेका थिए ।
- dhankutapress