Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

‘कोशीका निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकार तयार‘–स्वास्थ्य मन्त्री पराजुली (फोटो फिचर)

अग्रज निर्माण व्यवासायीलाई सम्मान,निर्माण व्यवासायीका अगुवाहरुले भने सरकारले निर्माण समाग्रीको मुल्य वढ्दा वजारमा वढेको मुल्यको आधारमा समायोजन गरि दिनु पर्छ ।

  •   २ महिना अघि | २० भदौ २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले कोशीका निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताएका छन ।

नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८ औं साधारणसभा तथा ११ औं जिल्ला अधिवेशनको शनिबार उद्धघाटन मन्तव्यका क्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।उनले व्यवशायीका समस्या सम्बोधन गर्न प्रदेश सरकारमा छलफल भइरहेको बताएका छन् । समस्या समाधानका लागि संघीय सरकारको समेत ध्यानाकर्षण गराउने उनले बताए  । मन्त्री पराजुलीले कोशी प्रदेशमा निर्माणको चरणमा रहेको तथा निर्माण सम्पन्न भएका आयोजनाको ५३ करोड रुपैयाँको भुक्तानी दिन बाँकी रहेको जानकारीमा आएको बताएका छन् । त्यसको भुक्तानीको लागि पहल गर्ने प्रतिवद्धता जनाए । ‘यसमा हामी गम्भीर छौं, उनले भने, ‘चाँडै मन्त्री परिषद बैठकमा यसबारे छलफल गरिने छ ।’

बढ्दो मुल्यवृद्धिले विभिन्न आयोजनाको ठेक्का कार्यान्वयनको क्रममा बनाएको योजना भन्दा दोब्बर बढी लागत लाग्ने भएकाले मुल्य समायोजन गरिनुपर्ने निर्माण व्यवसायीको माग उठीरहेको बेला मन्त्री पराजुलीको यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यक्रमका विशेष अतिथि नेपाल निर्माण व्यवशायी महासंघका नीतिगत उप–महासचिव मंगल बहादुर शाहीले बढ्दो मुल्यवृद्धिले आयोजनाको ठेक्का कार्यानवयनको क्रममा बनेका योजना भन्दा दोब्बर बढी लागत लाग्ने गुनासो गरेका छन् । भारत  लगायत अन्य देशमा यस्तो खालको समश्या आएको खण्डमा समाधानका लागि मुल्य समायोजन हुन्छ, तर नेपालमा कहिल्यै नगरिएको उनको भनाई छ ।शाहीले सरकारलाई सहयोगी भुमिकामा रहने निर्माण व्यवशायीका समस्यातर्फ सरकार स्वयम् भने गम्भीर नभएको भन्दै आपत्ति जनाए । उनले पछिल्लो समयमा लो बिडिङको समस्या भन्दा पनि उपभोक्ता समिति मार्फत हुने काम र मूल्य समायोजनका विषयलाई पूर्ण रूपमा सम्बोधन गर्न सरकारले नसकेको दावी गरे । उनले धनकुटाका निर्माण व्यवसायीहरुलाई आफ्नो क्षमताले भ्याएसम्मको मात्र काम गर्न आग्रह गरे । पछिल्लो समयमा संघीय सरकारले बनाएको नीतिका कारण सञ्चालित आयोजनाको भुक्तानीमा केहि सहजता आएपनि प्रदेश र स्थानीय तहले सोही वमोजिमको नीति बनाउँदा भुक्तानीमा अझै समस्या रहेको बताए । सो अवसरमा निर्माणको क्षेत्रमा योगदान पुर्याएका धनकुाटका अगुवा निर्माण व्यवसायीहरुलाई सञ्चमान लिम्वू, यज्ञ खतिवडा, सन्तवहादुर राई, कुलवहादुर राई, प्रकास तामाङ, भवानी चाम्लीङ्ग राई, अर्जुन केसी लगायतलाई दोसल्ला, सम्मान पत्र, खदा मालाले सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि इन्द्रमणी पराजुली, विशेष अतिथि नीतिगत उपमहासचिव मंगलबहादुर शाहीले सम्मान पत्र प्रदान गर्दै खदामाला लगाई दिएका थिए ।निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकाश थुलुङ राईको अध्यक्षतमा सम्पन्न उद्धघाटन सत्रमा केन्द्रिय सदस्य गणेश वस्नेत, कोशी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष जनसेवक भण्डारी, वरिष्ठ उपाध्यक्ष केशर कुमार वुढाथोकी, मोरङ्ग अध्यक्ष महेश कुमार मिश्र, झापा अध्यक्ष रमेश अधिकारी, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, पत्रकार महासंघका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आइतबारसम्म चल्ने संघको १८ औं वार्षिक साधारण सभा तथा ११ औं जिल्ला अधिवेशनको बन्द सत्रले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

  • dhankutapress

थप