धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा प्रहरीले एकै रातमा दुई छुट्टाछुट्टै स्थानमा गरेको गस्ती तथा कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले स्थानिय संचारकर्मीहरु विच सोमवार पत्रकार समेमलन गरेर यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारीनुसार सवारी जाँचका क्रममा गाँजा बरामद भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नारयण रञ्जितकारले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ कोलबोटेमा सोवार विहान ४.३० वजे सवारी जाँच गर्ने क्रममा धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी खानतलासी गरेको थियो । प्रहरीले खानतलासी एवं चेकजाँचको क्रममा ट्रकको डालाभित्र मधेसे आलुको बोराले छोपेर लुकाइएको अवस्थामा २५ वटा पोकामा प्रति पोका अन्दाजी ३०÷३१ किलोग्रामका दरले जम्मा ७ सय ७५ किलोग्राम गाँजा फेला परेको थियो ।
घटनासँगै मिनी ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्दै आएका ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ परेका छन् । उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिए ।
यस्तै साँगुरीगढी गाउँपालिकामा पर्ने प्रहरी चौकी डाँडाबजारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–७ लुम्फाजुङबाट बा. ६४ प. १४३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोराभित्र रहेको जेब्रा झोलामा लुकाएर राखिएको २० किलोग्राम गाँजा बरामद गरेको छ । उक्त घटनामा साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि पनि लागूऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
कोशी प्रदेशको पहाडी जिल्ला धनकुटा परम्परागत रुपमा गाँजा उत्पादन हुने जिल्लामध्ये एक मानिन्छ । पछिल्लो समय प्रहरीले जिल्लाका विभिन्न स्थानमा गाँजा खेती, भण्डारण तथा ओसारपसारविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । यद्यपि, जिल्लामा गाँजा खेती पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । पछिल्ला वर्षहरुमा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने र कारागारसम्म पुग्ने घटनाहरु बढ्दै गएपछि जिल्लामा गाँजा खेतीको दीर्घकालीन विकल्प खोज्नुपर्ने आवाज पनि उठ्न थालेको छ । किसानलाई वैकल्पिक नगदेबालीतर्फ आकर्षित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा लागूऔषधविरुद्ध जनचेतना अभियान प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको छ ।
त्यसैगरी प्रहरीले लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा आयेजना गरेको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम संचालन गरेको जनाएको छ । सो अवसरमा १३ वटा सचेतनाका कार्यक्रमहरु, प्रभातफेरी, सुधार केन्द्र अनुगमन र लागू औषध, लागू कारोवारी एवं दुव्र्यसानी समेतलाई नियन्त्रणमा लिएको जनाएको छ । सोही क्रममा खैरो हिरोईन ५ ग्राम, ट्रामोल क्याप्सुल ५० थान, डिकोलिक ट्याब्लेट १० थान, मेफेनिक स्पास ट्याब्लेट ३० थान लगायतको रहेको छ ।
प्रहरीले चेकजाँच तथा खानताली गर्ने क्रममा १० जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेको मध्ये ५ जनालाई मुद्धा दर्ता गरिएको जनाएको छ । पक्राउ गरेको मध्ये ९ जनालाई सुधारगृह पठाईको छ भने १ जनालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्यसैगरी आयोजित पत्रकार सम्मेलनमा आ.व.०८१/०८२ मा लागु औषध सम्वन्धी मुद्धा ५७ वटा दर्ता भएको र ८८ जना पक्राउ गरिएको प्रहरीले वितरण गरेको प्रेस नोटमा उल्लेख गरेको छ । लागु औषध हिरोईन ३० ग्राम, २ सय २४ मिलि ग्राम, गाँजा ४ हजार, १ सय ९४ किलो, १ सय ८० गम र विभिन्न थरीका ट्याब्लुटहरु ४ हजार, ९८ थान बरामद गरेको जनाइएको छ । सुधारगृहमा पठाइएको ३४ जना रहेका छन् ।
त्यसैगरी आर्थिक वर्ष ०८२/०८३ को असार १५ गतेसम्ममा जम्मा मुद्धा दर्ता ३६, पक्राउ २ महिला समित ५७ जना रहेको प्रहरीले जानकारी दिएको छ । चालु वर्षमा लागू औषध हिरोईन २५ ग्राम, १ सय ४७ मिलि ग्राम, गाँजा १ हजार, ७ सय, ७५ किलो, १ सय १५ ग्राम, विभिन्न थरीका क्याब्सुल २ हजार, ७ सय, १२ थान फेला पारेको जनाएको छ । सुधारगृहमा पठाइएको ५ जना रहेका छन् ।
- dhankutapress