धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका–१, हिले स्थित मानव सेवा आश्रममा आश्रित ६० वर्षीय निर्मल दर्नाल मृत अवस्थामा फेला परेका छन ।
झपा जिल्ला, शिवसताक्षी नगरपालिका–१ निवासी दर्नाललाई गत असार ११ गते आश्रममा ल्याएर राखिएको थियो । बोल्न नसक्ने दर्नालको पछिल्ला केही दिनदेखि स्वास्थ्य अवस्था खराब रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ६.३० बजे उनी सुतिरहेको स्थानमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षकको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
चिल्पटले हानेर आफ्नै वुवाको हत्या :
त्यसैगरी चौविसे गाउँपालिका वडा नं.७ मा छोराले आफ्नै वुवालाई दाउराको चिल्पटले टाउमा हानी हत्या गरेका छन् । घट्ना विहिवार विहान घटेको प्रहरीले जनाएको छ । चौविसे गाउँपालिका वडा नं.७ ठूलो ढुङ्गे वस्ने वर्ष ७० का अमरधवज लिम्वुलाई आफ्नै छोरा वर्ष ३२ का युवराज लिम्वूले दाउराको चिल्पटले हानेर हत्या गरेका हुन् ।
घट्ना घटाउने लिम्वुलाई प्रहरीको सक्रियतामा विहिवार विहानै नियन्त्रणमा लिएको राजारानी प्रहरी चौककिा इन्चार्ज प्रहरी निरिक्ष विजय थापाले जानकारी दिएका छन् । निज घट्ना घटाउने लिम्वूलाई घट्ना स्थलभन्दा ५ सय मिटर टाढा जंगलवाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । घट्नाको विषयमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- dhankutapress