Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

जिल्लाकी एकमात्र महिला ईभी चालक कुशला राई सम्मानित

  •   ३ महिना अघि | १६ साउन २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा लामो दूरीको विद्युतीय (ईभी) सवारी चलाउने एकमात्र महिला चालक कुशला राईलाइक समारोहको विच धनकुटामा सम्मान गरिएको छ।

धनकुटा नगरपालिका ६ नम्बर वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाको संयुक्त आयोजनामा बिहीबार गोठगाउँमा आयोजित कार्यक्रममा राईलाई फूलमाला, अविर तथा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो । 

शहीदभूमि गाउँपालिका–४ की स्थायी बासिन्दा राई हाल धनकुटाबाट धरान–इटहरीसम्म नियमित रूपमा लामो दूरीको ईभी सवारी सञ्चालन गर्दै आएकी छन । उनी धनकुटामा लामो दूरीको ईभी सवारी चलाउने एकमात्र महिला चालकका रूपमा परिचित छिन । मार्गेश्वरी टोल विकास संस्थाकी अध्यक्ष तथा धनकुटा नगर कार्यपालिका सदस्य रेजिना हिङ्माङले पुरुषको वर्चस्व रहेको सवारी चालक पेशामा महिलाले साहसिक रूपमा आफ्नो पहिचान बनाएको भन्दै सम्मान गरिएको बताइन्। उनले राईले अन्य महिलालाई पनि आत्मनिर्भर र आत्मविश्वासी बन्न प्रेरणा दिएको उल्लेख गरिन । 

राईले दैनिक महालक्ष्मी नगरपालिका–चानुवाको डाँडागाउँबाट लेगुवा, पाख्रीबास, हिले, धनकुटा, धरान हुँदै इटहरीसम्म ईभी सवारी सञ्चालन गर्दै आएकी छन । करिब दुई वर्षदेखि सवारी चलाउँदै आएकी उनले पछिल्लो एक महिनादेखि लामो दूरीको नियमित सेवा सञ्चालन गरिरहेकी छन । सम्मानपछि राईले महिला चालकको रूपमा समाजबाट पाएको हौसला र सम्मानले अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताइन । 

उनले महिलाले चाहे जुनसुकै पेशामा पनि सफल हुन सक्ने सन्देश दिन आफू निरन्तर मेहनत गरिरहेको उल्लेख गरिन । पछिल्लो समय पहाडी क्षेत्रमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि लामो दूरीका अधिकांश सवारी पुरुष चालकले मात्र काम गर्दै आएका छन । यस्तो अवस्थामा धनकुटामा महिला चालकको रूपमा कुशला राईको सक्रियता उदाहरणीय बनेको स्थानीयवासीको भनाइ छ ।

  • dhankutapress

थप