Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भरुवा बन्दुक पड्किएर लाग्दा एकको उपचारको क्रममा मृत्यु

  •   ५ महिना अघि | ३० जेष्ठ २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा भरुवा बन्दुक पड्किएर घाईते  भएकाको उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । । भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा बारुद लोड भएको भरुवा बन्दुकको नाल आगोमा तताई मुखले फुक्ने क्रममा अचानक बन्दुक पड्किदा धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ खाल्डे कटहरेका ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको हो ।

बन्दुकको नाल सफा गर्ने क्रममा घाईते भएका थापालाई जिल्ला अस्पताल धनकुटामा ल्याइएको थियो । उनको उपचारकै क्रममा गएराती चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनस्थलमा खटिएको प्रहरी चौकी जितपुरको टोलीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको कमाण्डमा टोली घटनास्थलमा खटी गई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

  • dhankutapress

थप