Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पहिलो स्थानीय स्वैच्छिक मूल्याङ्कनमार्फत सरोकारवालासंग सूचक संकलन

  •   ३ महिना अघि | ५ साउन २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिकाले दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनलाई स्थानीय आवश्यकतासँग जोड्दै शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण र लैङ्गिक समानता गरी चार प्राथमिक क्षेत्रमा केन्द्रित पाँचवर्षे कार्ययोजना तयार गरिरहेको छ । 

यसका लागि नगरपालिकाले पहिलोपटक स्थानीय स्वैच्छिक मूल्याङ्गकन गर्दै सरोकारवालाबाट मंगलवार देखि सुझाव संकलन गर्न जुटेको हो । नगरपालिकाले स्थानीय सरकारहरूको विश्वव्यापी सञ्जाल ‘इक्ली’ को प्राविधिक सहयोगमा विभिन्न सूचकहरूको तथ्याङ्गक संकलन, विश्लेषण, पृष्ठपोषण तथा बहुपक्षीय छलफलमार्फत स्थानीय प्रतिवेदन तयार गरिरहेको जनाएको छ । उक्त प्रतिवेदन राष्ट्रिय दिगो विकास लक्ष्यसँग समायोजन गरी आगामी नीति तथा योजनाको आधार बनाइनेछ ।        स्थानीय सरकारहरूको विश्वव्यापी सञ्जाल ‘इक्ली’ की विज्ञ सतरुपा रोयका अनुसार स्थानीय सरकार, जनप्रतिनिधि,नागरिक समाज तथा सम्बन्धित निकायसँग चरणबद्ध छलफल गरी प्राप्त सुझावलाई प्रतिवेदनमा समेट्ने काम भइरहेको  छ। धनकुटा नगरपालिका स्थानीय सरकारहरूको विश्वव्यापी सञ्जाल ‘इक्ली’ को सदस्यसमेत हो । नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिकको भएकाले दिगो विकास लक्ष्यलाई व्यवहारमा उतार्ने जिम्मेवारी पनि स्थानीय तहकै बढी रहेको बताए । 

उनका अनुसार गरिबी, शिक्षा, स्वास्थ्य र लैङ्गिक समानता सम्बन्धी तथ्याङ्गक संकलनसँगै आवश्यक सुधारका विषयमा सुझाव लिने कार्य भइरहेको छ । हाल नगरपालिकाले गरिबी न्यूनीकरण, सामाजिक सुरक्षा, आयआर्जन, मातृ तथा शिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, विद्यालय भर्ना, सिकाइको गुणस्तर, डिजिटल पहुँच, महिलाको नेतृत्व विकास तथा लैङ्गिक हिंसा न्यूनीकरणलगायत विषयमा विभिन्न सरोकारवालासँग परामर्श गरिरहेको छ ।         प्रथम स्थानीय स्वैच्छिक मूल्याङ्गकन प्रमाणीकरण गोष्ठीमा नगर प्रमुख चिन्तन तामाङले प्राप्त सुझावका आधारमा आवश्यक नीति तथा कानुनी व्यवस्था परिमार्जन गर्दै कार्यान्वयनमा जाने बताए । उनका अनुसार दिगो विकास लक्ष्य अन्तर्राष्ट्रिय प्रतिबद्धता मात्र नभई नागरिकको जीवनस्तर उकास्ने स्थानीय मार्गचित्र पनि हो । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि गरिबी, बेरोजगारी, जलवायु परिवर्तन,सीमित स्रोतसाधन तथा तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव चुनौतीका रूपमा देखिएका छन । यिनै चुनौतीलाई स्थानीय तहबाट सम्बोधन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले स्थानीय स्वैच्छिक मूल्याङ्गकन प्रक्रिया अघि बढाएको जनाएको छ ।

  • dhankutapress

थप