Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नेपाल पूर्व प्रहरी संगठन धनकुटाले मनायो ३५ औं स्थापना दिवश

बहालवाला प्रहरी कार्यक्रममा नआएको भन्दै पूर्व प्रहरीहरुको गुनासो

  •   १ वर्ष अघि | १ भदौ २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति धनकुटाले संस्थाको ३५ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि आईतबार मनाएको छ । 

पुर्व प्रहरी संगठनका केन्द्रिय सदस्य हर्कनारयण राईको प्रमुख आतिथ्यमा सम्पन्न ३५ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको हो । सो अबसरमा बोल्दै पुर्व जिल्ला अध्यक्ष समेत रहेका राईले भने–‘कार्यक्रममा निम्तो गरेर पनि वहालवाला प्रहरी संगठन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट नआएको प्रति मेरो गम्भिर आपत्ति छ ।’ उनले भने–‘हामीले जीवनको सारा उर्वर समय प्रहरी संगठनमा विताएका छौं, तर आज त्यहि संगठनबाट हामी माथि किन वेवास्था गर्दै छन् ।’ उनले प्रहरी प्रमुख नै नआएपनि एक जना प्रतिनिधि पठाई दिएको भएपनि हामी पुर्व प्रहरीहरुको चित्त वुझाउने ठाउँ हुन्थ्यो भन्दै आपत्ति जनाएका हुन् । उनलले थपे–‘उहाँहरु पनि जागिर आउनजेल मात्र हो भोली अवकास प्राप्त गरेपनि आउने त पुर्व प्रहरी संगठन नै हो भन्दै समयमै विचार पु¥याउन अपिल गर्दछु ।’  कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद सुवेदीले पुर्व प्रहरीहरुको समाज रुपान्तरण ठूलो भूमिका हुने बताए । उनले पुर्व प्रहरीहरुसंग समाजमा शान्ती, अमनचयन कसरी कायम गर्ने गराउने भन्ने वारे धेरै ज्ञान हुने बताए । पूर्व प्रहरीहरुबाट समाजले धेरै कुरा अनुशरण गर्न सक्ने भन्दै पुर्व प्रहरीहरुको संगठनलाई सशक्त बनाउनु आजको आवश्यक्ता रहेको सहायक प्रजिअ सुवेदीले औंल्याए । पुर्व प्रहरी संगठन धनकुटाका अध्यक्ष डम्बर कटुवालको अध्यक्षतामा समपन्न ३५ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाली सेनाको पुर्व मेजर बलवहादुर थापा, भूपू सैनिक संघ धनकुटाका उपाध्यक्ष होमप्रसाद अधिकारी, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, शिक्षक संगठन धनकुटाका अध्यक्ष देववहादुर खड्का, फोनिज १ नं. प्रदेस समितिका निवर्तमान अध्यक्ष एवं पत्रकार महासंघ धनकुटा शाखाका सल्लाहकार सन्तवीर लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।सो अवसरमा जेष्ठ पूर्व प्रहरी धनकुटा नगरपालिका वडा नं.१ निवासी प्रेमवहादुर मोक्तान तामाङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।    

  • dhankutapress

थप