Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भोगटेको बोटमा झुण्डिएर मृत्यु

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ धनकुटा नगरपािलका वडा नं.६ कचिडेका वर्ष ४२ का रामवहादुर भूजेल मृत फेला परेका छन् । आइतवार विहान करिव ६ वजेको समयमा धनकुटा वहुमुखी क्याम्पस परिसरमा रहेको भोगटेको बोटमा डारीको पासो लगाई झुण्डिएको अवस्थामा भूजेल मृत फेला परेका हुन् । 

मजदुर काम गरेर परिवार पाल्दै आएका रामवहादुर विहानै घाँस काट्न भनेर घरबाट निस्किएको उनका परिवारले बताएका छन् । घाँस काट्न निस्किएका रामवहादुरले एका विहानै किन भोगटेको बोटमा झुण्डिए भन्ने कारण खुलेको छैन । उनी झुण्डिएको सवै भन्दा पहिले धनकुटा क्याम्पसका प्राध्यापक जीवन मिश्रले देखेका थिए । घट्ना पछि उनले प्रहरीलाई खवर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट गएको प्रहरीको टोलीले घट्ना स्थलमा पुगेर सर्जिमिन मुजुल्का गरेर भूजेलको लास पोष्टमार्टम गर्न जिल्ला अस्पताल धनकुटा ल्याएको छ । घट्नाको विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक भूजेलको एक श्रीमती, एक छोरा, एक छोरी छन् । 

  • dhankutapress

थप