Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

फोनिजको २६ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदन–प्रदान तथा अन्तरक्रिया कार्यक्रम

  •   १ वर्ष अघि | १७ भदौ २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले २६ औं स्थापना दिवशको अवसर पारेर मंगलवार शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विद्येयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विषयमा पत्रकारहरु विच अन्तरकृया गरिएको थियो । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले कोशी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विद्येयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान तत्काल हटाउन माग गरेका छन् । साथै, उनीहरुले सरकारी कामकाजी भाषा सम्बन्धी व्यवस्था गर्न विधेयकमा पनि प्रदेश सरकारले पक्षपात गरेको आरोप लागाएका थिए कार्यक्रमका प्रमुख अतिथी तथा कोशी प्रदेशका पुर्व आर्थिक मामिला राज्य मन्त्री तथा प्रदेस सांसद निरेन राईले प्रदेस सरकारले ल्याएको आम संचार विद्येयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधानलाई सच्याउन र त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा उनले प्रदेस सरकारमा लिम्वू र मैथाली भाषाको मात्र सरकारी कामकाज भाषा बनाएर कोशी प्रदेसमा नपुग्ने भन्दै राई, (राई भित्र पनि वान्तावा, चामलीङ्ग), थारु, तामाङ, मगर लगायतका भाषालाई समेत सरकारी मान्यता दिनु पर्नेमा जोड दिएका छन् । उनले १ प्रतिसत भन्दा वढी भाषा बोल्ने समुदायले प्रदेसमा सरकारी कामकाजी भाषाको रुपमा मान्यता पाउनु पर्ने भन्दै आफूले लबिङ्ग गरिरहेको बताए । फोनिज धनकुटा शाखाकी अध्यक्ष मालती मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेस नं.१ सल्लाहकार संयोजक सन्तवीर लामा, सल्लाहकार बिजय सन्तोषी राई, अग्रज पत्रकार संजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, फोनिज प्रदेस नं.१ का अनुशासन समितिका संयोजक ब्रम्हलाल हजारी, फोनिज धनकुटाका संस्थापक अध्यक्ष नगेन्द्र राई, फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरे, प्रेस चैतारी धनकुटाका अध्यक्ष नारायण कुमार आठपहरिया, रेडियो नेपाल धनकुटाकी सरिता बराइली लगायत पत्रकारहरुले शुभकामना मन्तब्य तथा आम संचार विद्येयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रमा आफ्नो धारणा राखेका थिए ।फोनिज धनकुटा शाखाको आयोजना तथा तामाङ पत्रकार संघ धनकुटाको संयोजन एवं व्यवस्थापन फोनिज धनकुटा शाखाकी अध्यक्ष मालती मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदन प्रदान तथा अन्तरक्रिया कार्यक्रम शाखाका सचिव डेविट ठाडा मगरले संचालन गरेका थिए । उक्त कार्यक्रममा एन्के पिउरीफाई शुद्ध खानेपानी छान्ने मेसिन श्रीवहुउदेश्यि सहकारी संस्था लि.धनकुटा मार्फत नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई निःशुल्क प्रदान गरिएको थियो ।

  • dhankutapress

थप