Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा नगरपालिकाको बजेट ९७ करोड, ६१ लाख

  •   १ वर्ष अघि | ११ असार २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । मंगलबार सम्पन्न भएको १६ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि ९७ करोड ६१ लाख ७८ हजार ५ सय ३८ बराबरको बजेट प्रस्तुत गरिएको हो ।

    नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उप–प्रमुख भीमा खनालले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ५३ करोड ६१ लाख ५९ हजार ७ सय ४८ रुपैयाँ छुट्याइएको छ भने पूँजीगत खर्चतर्फ ४४ करोड १८ हजार ७९० रुपैयाँ विनियोजन गरिएको छ ।१६ औं नगर सभामा प्रमुख चिन्तन तामाङले स्थानीय आठपहरिया जातीको मुख्य चाड वाडाङ्गमेटमा दुई दिन बिदा दिएर धनकुटा नगरको विशेष चाडको रुपमा मनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी पर्यटनसँग जोड्ने विशेष प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव नगरसभाले सर्वसम्मत पारित गरेको छ । धनकुटा नगर क्षेत्रमा आठपहरिया जातिको सधन वसोवास रहेको छ । उनीहरुले नेपाल संविधान–०७२ मा व्यवस्था भएको जनसंख्या र वसोवासका हिसावले धनकुटा नगरलाई आठपहरिया जातिको विशेष संरक्षित क्षेत्र घोषणा गर्न माग गर्दै आएको छन् । 

विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरू नगर सभामा सम्मानित :

विभिन्न क्षेत्रमा योगदान पुर्याउने संस्था, नगरवासी तथा कर्मचारीलाई नगर सभामा सम्मान गरिएको छ । पशुपालक विनोद राई, तरकारी उत्पादक कुमार कार्की, खाद्यान्न उत्पादक लोकबहादुर थापा र उद्यमी राजेश विश्वकर्मा, फलफूल उत्पादक तथा पशुपालक रामकृष्ण श्रेष्ठ र करदाता दिपेन्द्र पराजुलीलाई सम्मान गरिएको छ । 

    सहकारी संस्थातर्फ जनउत्थान बहुउद्देश्यीय सहकारी संस्था, उपभोक्ता समितितर्फ लुङदाङ तोरीबारी गराबारी जल उपभोक्ता संस्था र टोल विकास संस्थातर्फ टोड्के टोल विकास संस्था सम्मानित भएका छन् । यता, उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ ।सम्मानित हुनेहरूमा भौतिक पूर्वाधार शाखाका प्रमुख इन्जिनियर मिङ्मा दोर्जी शेर्पा, लेखा अधिकृत रत्नबहादुर जिमी राई, वडा सचिव कृष्णप्रसाद भण्डारी र नेत्रप्रसाद काफ्ले, विषयगत प्राविधिक ताराणी श्रेष्ठ, वडाका सहायक कर्मचारी रुपा वनेम, नगर प्रहरी देवेन्द्र थापा, सरसफाइकर्मी माणिकलाल राई र कार्यालय सहयोगी कृष्ण बहादुर राई सम्मानित भएका छन् ।

    उनीहरूलाई नगर प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले अबिर, खादा र सम्मान पत्र प्रदान गरी सम्मान गरेका छन् ।  

  • dhankutapress

थप