Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

विरुवा समयमै उपलब्ध गराएकाले भुक्तानी पाउँनुपर्ने नर्सरी संचालकको दाबी

गुणस्तरीय बिरुवा नआएको भन्दै पाख्रीबास नगरपालिकाद्वारा ठेक्का रद्ध

  •   ४ महिना अघि | २ साउन २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटाको पाख्रीबास नगरपालिकाले सम्झौता अनुसार गुणस्तरीय फलफूलका बिरुवा समयमै उपलब्ध नभएको भन्दै किसानलाई वितरण गर्नको लागि तयारी गरेको करिब १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्ध गरेको छ ।

संघीय सरकारको ७५ लाख रुपैयाँ विशेष अनुदानअन्तर्गत पाख्रीवास नगरपालिकाको १० वटै वडामा बगैंचा विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाले रौतहटमा रहेको हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग ३८ हजार बिरुवा आपूर्ति गर्ने सम्झौता गरेको भए पनि आवश्यक गुणस्तर र परिमाणका बिरुवा समयमै नआएपछि सम्झौता रद्ध गरिएको जनाएको छ ।आपूर्तिकर्तालाई पटक–पटक मौखिक तथा लिखित रुपमा ताकेता गरिए पनि सम्झौता अनुसार काम नभएकाले कार्यक्रम रद्ध गर्नुपरेको पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले जानकारी दिए । यसअघि ल्याइएका बिरुवाहरुसमेत तीन दिनभित्र कार्यालय परिसरबाट फिर्ता लैजान कम्पनीलाई निर्देशन दिईएको उनको भनाइ छ ।नगरपालिकाले २८ लाख रुपैयाँको बोलपत्र प्रक्रियाबाट करसहित १४ लाख रुपैयाँमा आँप, लिची, केरा, अम्बा र मेवाका बिरुवा खरिद गर्ने सम्झौता भएको थियो । पाख्रीवास नगरपालिकाकी कृषि शाखा प्रमुख इन्द्रमाया तामाङले सम्झौताका सर्त पूरा नभएकाले गुणस्तरहीन बिरुवाको भुक्तानी नगर्ने निर्णय गरिएको बताइन् । यता, हरिओम हाइटेक कृषि नर्सरी फार्मले भने मापदण्डअनुसारका स्वस्थ बिरुवा आपूर्ति गरिसकेको दाबी गर्दै नगरपालिकाले समयमै वितरण नगर्दा बिरुवा ओइलिएको र त्यसको जिम्मेवारी आफूलाई दिन नमिल्ने जनाएको छ ।

हरिओम हाइटेक कृषि नर्सरी फार्म रौतहटका सञ्चालक हरिओम बानियाँले सम्झौतामा भए अनुसारको बिरुवा नगरपालिकालाई उपलब्ध गराइसकेकाले सबै भुक्तानी दिनुपर्ने माग गरेका छन् । उनले नगरपालिकाले बिरुवा समयमा वितरण नगर्दा ओइलाएर मर्न थालेको र बिरुवा मर्नुमा आफ्नो गल्ती नभएको भन्दै बिरुवाको भुक्तानी जसरी पनि हुनु पर्ने दाबी गरेका हुन् । बानियाँले नगरपालिकाको कृषि शाखाको गल्तीका कारण आफूले ठूलो नोक्सानी बेहोर्नु परेको गुनासो गरे ।

फलफूलका बिरुवाका लागि एक हजार एक सय किसानले आवेदन दिएका थिए । विशेष अनुदानअन्तर्गत प्लास्टिक टनेल र पोखरी निर्माण कार्यक्रम सम्पन्न भइसकेका छन् भने एभोकाडो, कागती, सुन्तला र जुनारका बिरुवा वितरण कार्यक्रम सञ्चालन भइसकेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

  • dhankutapress

थप