Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

त्रिशुलेमा वस दुर्घटना हुँदा ६ जना घाईते

  •   ९ महिना अघि | १७ माघ २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/तेह्रथुमको शुक्रवारेबाट झापाको दमक तर्फ आईरहेको यात्रुवाहक वस शुक्रबार ११.४५ वजे धनकुटा नगरपालिका वडा नं.१ त्रिशुलेमा दुर्घटनामा परेको छ । 

को १ ख ५१०५ नम्वरको मनिषा ट्राभल्स नामको यात्रुवाहक वस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाईतेहरुको हिले स्थित् सामुदायिक पोलिक्लिनिक र उज्यालो पोलिक्लिनिकमा उपचार भईरहेको हिले प्रहरी चौकीका इन्चार्ज चिरिन्जिबी खड्काले जानकारी दिएका छन् । दुर्घटनामा परी घाईते हुनेहरुमा तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वडा नं.२ वस्ने वर्ष ५३ का रेवान्त कामी, छथर गाउँपालिका वडा नं. ४ वस्ने वर्ष २३ का रविन लिम्वू, वर्ष २२ का राज लिम्वू रहेका छन् । त्यसैगरी छथरजोरपाटी गाउापालिका वडा नं.५ वस्ने वर्ष २८ का मुना रुचाल, सोही स्थान वस्ने ५ वर्षिया बालक निक्खि रुचाल रहेका छन् । 

त्यसैगरी  धरान उपमहानगरपालिका वडा नं.५ वस्ने वर्ष ४७ का चन्द्रकला लिम्वू रहेका छन् । वसका चालब धरान उपमहानगरपालिका वडा नं.७ वस्ने वर्ष ४५ का विष्णु थापालाई हिले प्रहरी चौकीले नियन्त्रण्मा लिएको छ । यात्रुवाहक वसमा जम्मा १५ जना सवार थिए । 

  • dhankutapress

थप