धनकुटा प्रेस सम्वाददाता
धनकुटा/किराँत याक्थुङ्ग चुम्लुङ्ग धनकुटाको ९ औं जिल्ला अधिवेशनले हेमकुमार आङ्गला निर्वाचित भएका छन् । अध्यक्ष आङ्गलाले यस अघि २ पटक किराँत याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय कार्य समितिको सदस्य पदमा काम गरि सकेका छन् भने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटामा एक कार्यकाल जिल्ला सचिव र एक कार्यकाल जिल्ला समन्वय समितिमा सदस्य पदमा काम गरि सकेका छन् । उनी सेवानिवृत शिक्षक समेत हुन् ।
किराँत याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय महासचिव निरन्ती तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न भएको नौं जिल्ला अधिवेशनको बन्द सत्रले उपाध्याक्षमा कविराज चेम्जोङ्ग, महिला उपाध्यक्षमा गीता चेम्जोङ्ग, सचिवमा शिवकुमार तिगेला, सह–सचिवमा भक्तवहादुर चोङ्गवाङ्ग र अनुल चेम्जोङ्ग चयन भएका छन् । त्यसेगरी कोषाध्यक्षमा सरस्वती देवी लिम्वू निर्वाचत भएका छन् ।
त्यसैगरी निर्वाचित सदस्यहरुमा टंक प्रसाद संयोक, तेजमान लिम्वू, टेकराज चेम्जोङ्ग, शान्ता थेगीम, तेजवहादुर लिम्वू, पिर्थ कुमार लिम्वू, डिक वहादुर लिम्वू लगायतका छन् । २७ सदस्यीय जिल्ला कार्य समितिमा २३ सदस्य जिल्ला समिति निर्वाचन प्रक्रियाबाट चयन भएको नबनिर्वाचित अध्यक्ष हेकमकुमार आङ्गलाले जानकारी दिए । वाँकी ४ जना जिल्ला सदस्य पछि मनोनयन गर्ने अध्यक्ष आङ्गलाले वताएका छन् ।

- dhankutapress