Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

”अग्रजहरुले जागिर धरापमा पारेर स्थापना गरेको राष्ट्रसेवक सहकारी”– भवानी दाहाल न्यौपाने

शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले लाभांश वितरण गरिने

  •   ११ महिना अघि | ८ मंसिर २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष भवानी दाहाल न्यौपानेले अग्रजहरुले जागिर धरापमा राखेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थालाई आजको अवस्थासम्म ल्याइपुर्याएको बताएकी छन् । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको २६ औं बार्षिक साधरणसभालाई धनकुटामा सनिवार सम्वोधन गर्दै केन्द्रिय अध्यक्ष एवं प्रमुख अतिथि न्यौपानेले यस्तो बताएकी हुन् । सो अवसरमा वोल्दै उनले भनिन्–‘आर्थिक अभाव परेको वेलामा सहकारीले ठूलो योगदान पु¥याउने काम गर्दछ, तसर्थःसवैले सहकारी प्रति इमान्दार हुन जरुरी छ ।’ उनले संविधान मै व्यवस्था भएको तिन खम्वे अर्थ नीति भित्र परेको सहकारीलाई सुदृढिकरण, सबलिकरण र अनुगमन आजको आवश्यक रहेको औंल्याईन । साथै, उनले नेपालको ६९ जिल्लामा राष्ट्रसेवक सहकारी संस्था संचालन भैरहेकोमा रामेछाप जिल्लामा भने अर्कै सहकारीमा मर्च भएकाले हाल ६८ जिल्लामा मात्र संचालनमा रहेको बताईन । साधरणसभाको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमका विशेष अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य एवं धनकुटा इनचार्ज रामकृष्ण सुवेदीले भने–‘राष्ट्र निर्माण र आर्थिक विकासमा राष्ट्रसेवक कर्मचारीहरुको ठूलो योगदान रहेको छ ।’ देशको ६९ जिल्लामा फैलिएको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थालाई अझै वढाउँदै सहकारीको माध्यामबाट आर्थिक विकास गरी राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याउनु पर्दछ, म सवैमा आग्रग गर्दछु”–सुवेदीले भने । कार्यक्रमका अर्का विशेष अतिथि नेपाल निजामती कर्मचारी संगठनका कोशी प्रदे समितिका अध्यक्ष हरी सुवेदीले भने–‘आर्थिक सहभागिता सहितको संगठन निर्माण अभियानमा लागेको नेपाल निजामती कर्मचारी संगठन अहिले देशको ६९ जिल्लामा संगठन विस्तार गरेर २५/३० हजार भन्दा वढी सदस्य संगठित गराई अरबौंको पुँजी परिचालन गरिरहेको छ ।’राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ललितकुमार वि.क.ले.आ.व.०८१/०८२ को असार मसान्तसम्ममा सहकारीको शेयर सदस्य संख्या महिला १ सय २६ र पुरुष २ सय ८६ गरी ४ सय १३ पुगेको जानकारी दिए ।  त्यसैगरी  उनले वित्तिय कारोवार अन्तर्गत संस्थाको शेयर पुँजी ६४ लाख, ३८ हजार, ८ सय र संस्थाको कोष हिसाव ८१ लाख, ३ हजार, ५८ रुपयाँ पुगेको बताएका छन् । अध्यक्ष वि.क.का अनुसार संस्थाको कुल निक्षेप ४ करोड, २८ लाख, ५८ हजार, ६ सय, ७८ रुपयाँ, ऋण लगानी ४ करोड, १० लाख, २१ हजार, ७ सय, २९ रुपयाँ, ऋण असुली १ करोड, ६६ लाख, ७४ हजार, ६६ रुपयाँ, कर्जा सुरक्षा कोष १० लाख, ७१ हजार, ७ सय, २७ रुपयाँ पुगेको छ । त्यसैगरी जगेडा कोषमा ४७ लाख, ८७ हजार, १ सय ८२ रुपयाँ छ भने तरलता १ कारेड, ५० लाख, ७९ हजार, ५ सय, ८० रुपयाँ रहेको छ । संस्थाको कुल आम्दामी भने ५२ लाख, ४० हजार, ९ सय, ७६ रुपयाँ भएको छ भने कुल खर्च ३९ लाख, ६२ हजार, ८ सय, १० रुपयाँ र कुल वचत १८ लाख, ८६ हजार, ६ सय ७४ रुपयाँ भएको अध्यक्ष वि.क.ले बार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेका छन् । अध्यक्ष वि.क.ले चालु आ.व.मा नीतिगत तथा अन्य व्यवस्था सुधारका प्रस्तावहरु वित्तिय नीतिहरु, संस्थाले दिने व्याजदर, सदस्यता विस्तार, सामाजिक कल्याण सम्वन्धि नीतिहरु, संचालन उपभोग खर्च, सहकारी शिक्षा, अन्य अन्तर सम्वन्ध, सहकारीको चुनौती र सुधार गर्नु पर्ने पक्षहरुलाई सविस्तार व्याख्या गरेका छन् । उनले आ.व. ०८१/०८२ मा शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले लाभांश वितरण गरिने जानकारी सभामा राखेका छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन राष्ट्रिय साकोस धनकुटाका संयोजक तेजप्रसाद अधिकारीले प्रश्तुत् गरेका थिए । २६ औं साधरणसभाको उद्धघाटन सत्रमा सहकारीको जेष्ठ सदस्यहरु एवं अग्रज पुर्व अध्यक्षहरु जयराम श्रेष्ठ, लावन्य पोखरेल, गोविन्द खत्री र कमलकुमार लामीछाने दोसल्ला, सम्मा पत्रले सम्मान गरिएको छ । त्यसैगरी शेयर सदस्यहरुका ०८१ को एसईइमा उत्कृष्ठ जिपिए ल्याउने छात्र–छात्रालाई नगद सहित पुरस्कृत गरिएको छ । उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ । सहकारीले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई पनि नगद दोसल्ला, प्रमाणपत्र र १० कित्ता शेयरले सम्मान गरेको छ । जस अन्तर्गत उत्कृष्ठ शेयर  सदस्य, ऐच्छिक बचत, ऋणको व्याज समयमा तिरेर उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई पनि पुरस्कृत गरिएको छ । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका अध्यक्ष ललित कुमार वि.क.को अध्यक्षतमा सम्पन्न २६ औं साधरणसभामा विशेष अतिथिहरु नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उप–महासचिव कमला दाहाल, पुर्व केन्द्रिय सदस्य एवम् धनकुटा इन्चार्ज गोविन्द खत्री, पुर्व केन्द्रिय सदस्य एवं धनकुटाका अध्यक्ष जयराम श्रेष्ठ, कोशी प्रदेस समितिका सदस्य विनोद वस्नेत, धनकुटा अध्यक्ष सुरेन्द्र खत्री, मोरङ्ग अध्यक्ष सालिका कोईराला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव इन्द्र वहादुर पोख्रेलले गरेका थिए । सनिवार साँझ अवेर सम्पन्न राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.को २६ औं साधरणसभाको वन्दसत्रले जीवन कट्टेलको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको स्रोतले जानकारी दिएको छ । 

  • dhankutapress

थप