Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सरोकारवालाको लामो प्रतिक्षा पछि धनकुटामा पर्यटन सूचना केन्द्र स्थापना

  •   ३ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा सरोकावाला समुदायका ः– धनकुटामा सरोकारवाला समुदायकोे लामो प्रतिक्षा पछि पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । धनकुटा–७ बसपार्कमा नवनिर्मित भवनबाट आइतबारबाट पर्यटकका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको केन्द्रमा पर्यटन, ऐतिहासिक, धार्मिक स्थल तथा मौसम लगायतको जानकारी दिइने भएको छ । यस्तै, टे«किङ गाइड, संरक्षण क्षेत्रभित्र पालना गर्नु पर्ने नियम, जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान सम्बन्धि सेवा उपलब्ध गराइने धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ र प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले संयुक्तरुपमा केन्द्रको औपचारिक उद्घाटन गरो थिए । केन्द्रमा जलवायु परिवर्तन पानीको संरक्षण सम्बन्धि खोज अनुसन्धानका गतिविधि, पर्यटन र प्रविधिको संंयोजन सम्बन्धि खोज, समुदाय पहिचान सम्बन्धि विविध जानकारीबारे सुचना उपलब्ध गराइने भएको छ । 

यसैगरी, आकस्मिक उद्धार तथा उपचारको लागि समन्वय, हराएको सामानको सम्पर्क सेवा प्रवाह, सोधपुछ सहायता कक्ष समावेश गरिएको छ । उक्त केन्द्रबाट नगर क्षेत्रको सुचना प्राथमिकतामा राखिने भएपनि जिल्लाभरका पर्यटन सम्बन्धि जानकारी उपलब्ध गराइने नगर प्रमुख तामाङले बताए । तीन जना जनशक्ति व्यवस्था गरिएको केन्द्रमा विद्युतीय बोर्डबाट सुचना प्रवाह गरिएको छ । जिल्लामा दैनिक सयौ आन्तरिक तथा वाह्य पर्यटकको पुग्ने गरेपनि त्यसबारे अभिलेख राखिने गरिएको थिएन । 


  • Dhankutapress

थप