Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

मुक्कुमलुङ संरक्षणको लागि तेस्रो चरणको आन्दोलन घोषणा

  •   २ वर्ष अघि | २६ फाल्गुन २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जनसभा, आमसभा, अनसन, र बन्दजस्ता कार्यक्रम समेटेर आगामी आन्दोलन अघि बढाइने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।  चैत १५ देखि २२ गतेसम्म १४ जिल्लाहरूमा गाउँ जागरण अभियान सञ्चालन गरिनुका साथै घाइते तथा पक्राउ पूर्जी जारी भएकाहरूसँग भेटघाट कार्यक्रम गरिनेछ । यस अवधिमा ताप्लेजुङ केन्द्रित स्वयंसेवक टोली गठन गरिनेछ ।

आन्दोलनका कार्यक्रम फागुन २८ गते काठमाडौंमा उपत्यका बुद्धिजीवी भेलासँगै सुरु हुनेछन् । विभिन्न चरणमा विभाजित आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २ गते राजनीतिक दल, प्रदेश तथा संघीय सांसदहरूलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र वितरण गरिनेछ भने चैत ३ गते व्यवस्थापिका, कार्यपालिका, र न्यायपालिकालाई आन्दोलनबारे जानकारी पत्र पठाइनेछ । चैत ४ देखि १२ गतेसम्म संरक्षणकारी अगुवा कार्यकर्ताको भेला तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ । चैत ६ गते अन्तर९धार्मिक समन्वय भेला आयोजना गरिनेछ भने चैत ७ गते अन्तर्राष्ट्रिय निकायहरूमा आन्दोलनबारे जानकारी पत्र पठाइनेछ ।

आन्दोलन अन्तर्गत चैत २ गते धरानमा मुक्कुमलुङ सम्मेलन आयोजना गरिनेछ भने चैत ३ गते ताप्लेजुङको फुङलिङमा रिले अनसन सुरू गरिनेछ । चैत ३ गते नै जुम बैठकमार्फत पक्राउ परेका तथा वारेन्ट जारी भएकाहरूको नामावली सार्वजनिक गरिनुका साथै फागुन १० गतेको घटनाबारे अन्तर्राष्ट्रिय जानकारी दिने तथा घाइतेहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरिनेछ । चैत ४ गते सांकेतिक रूपमा एशियन हाईवे (कोशी प्रदेश) मा एकदिने बन्द गरिनेछ । चैत ६ गते काठमाडौं सिंहदरबार घेराउ गरिनेछ भने चैत ८ गते मुक्कुमलुङ आन्दोलनका घटनाहरूको फोटो प्रदर्शनी गरिनेछ। चैत ९, १०, र ११ गते लाहान, जनकपुर, र लालबन्दीमा जनप्रदर्शन तथा आमसभा गरिनेछ। चैत १० गते कवि तथा साहित्यकार भेटघाट कार्यक्रम गरिनेछ ।

चैत २४ गते पूर्वी नेपालका १४ जिल्लाहरूमा जनप्रदर्शन तथा आमसभा गरिनेछ। चैत २५ गतेदेखि पूर्वी नेपालका १४ जिल्लाहरूमा अनिश्चितकालीन यातायात बन्द गरिनेछ, तर परिस्थितिअनुसार समय अगाडि सार्न सकिने आन्दोलनरत पक्षले जनाएको छ । आन्दोलनरत पक्षले यी कार्यक्रम मार्फत मुक्कुमलुङ संरक्षणको मुद्दालाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।



  • dhankutapress

थप