Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

मौलिकता जोगाउँने उदेश्य सहित चौथो कोप्चे उत्सव धनकुटामा

समाजसेवी प्रधान र पत्रकार घिमिरेलाई सम्मान

  •   ७ महिना अघि | १ बैशाख २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नयाँ वर्ष २०८३ को आगमनसँगै धनकुटाको कोप्चेमा स्थानीय मौलिकता संरक्षण र पर्यटन प्रवद्र्धनलाई अघि वढाउने उदेश्यले चौथो कोप्चे उत्सव सोमवार देखि सुरु भएको छ । 

धनकुटा नगरपालिका वडा नं.–५ स्थित ऐतिहासिक बिहीबारे हटिया परिसरमा सोमबारदेखि सुरु भएको फेस्टिभल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवद्र्धन’ भन्ने मुख्य नारासहित आयोजना गरिएको फेस्टिभलले पछिल्लो समय ओझेलमा पर्दै गएको स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई पुनर्जीवित गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ । कोप्चे पुनर्जागरण अभियानको अगुवाइमा भइरहेको कार्यक्रम २०७९ सालदेखि निरन्तर धनकुटामा सञ्चालन हुँदै आएको छ ।चौथो कोप्चे उत्सवको समुद्धघाटन गर्दै धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले स्थानीय मौलिक खानाका परिकार र संस्कृतिले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कोप्चे क्षेत्रमा पर्यटकको आगमन बढेमा त्यसको सकारात्मक प्रभाव धनकुटा जिल्लाभरि फैलिने विश्वास व्यक्त गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले धनकुटाको कोप्चेसंग हाडीगाउको साईनो गासिएको भन्दै यस क्षेत्रको संस्कार संस्कृतीलाई जिवन्त राख्न सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा समाजिक अगुवा तथा सल्भ नेपालका अध्यक्ष राजेन्द्र बहादुर प्रधानले पछिल्लो समय कोप्चेले मौलिकता र आफनो पहिचान जोगाउन लागेकोमा खुशि व्यक्त गर्दै विभिन्न योजना बनाएर अघि बढे यो क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले यस्ता खालका कार्यक्रमले यहाको मौलिकतासगै संस्कार संस्कृतीको पनि प्रचार प्रसार हुने भन्दै आगामी दिनमा अझ भव्यरुपमा सबैलाई समेटेर कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव दिए । उनले धनकुटाका पत्रकारले सदैव धनकुटाको विकास निमार्ण, सुशासन, पर्यटन प्रर्बद्धनका लागि कलम चलाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस क्षेत्रको पर्यटन प्रबद्र्धन निस्वार्थ लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।कोप्चे उत्सवमा नेवार, आठपहरिया लगायत स्थानीय समुदायका कला, संस्कृति, भेषभूषा, रहनसहन र परम्परागत परिकार मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। साथै, २० वटा स्टलमार्फत स्थानीय उत्पादन, हस्तकला सामग्री, पुराना तस्बिर, लोपोन्मुख वस्तु तथा मनोरञ्जनात्मक खेलहरू प्रदर्शनमा राखिएको कार्यक्रमका संयोजक उज्वल कर्मचार्यले जानकारी दिए । फेस्टिभलको मुख्य उद्देश्य कोप्चेलाई बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुका साथै स्थानीय बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नु रहेको उनको भनाई छ ।उत्सवकै अवसरमा धनकुटाको कोप्चे र काठमाडौँ महानगरपालिका–५ स्थित हाडीगाउँबीच पर्यटन प्रवद्र्धन, कला–संस्कृति आदानप्रदान र नीतिगत सहकार्यसम्बन्धी समझदारी पनि भएको छ । हाडीगाउँका वडा अध्यक्ष बिरेन्द्र प्रजापतिले आर्थिक सहयोग सीमित भए पनि नीतिगत तथा समन्वयात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय युवाहरूको सक्रियतामा सुरु गरिएको कोप्चे उत्सवले मौलिक परम्परा जोगाउँदै पर्यटन प्रवद्र्धन मार्फत आर्थिक गतिविधि बढाउने र नयाँ सम्भावना देखाउन सक्ने स्थानीयवासीको विश्वास छ ।कोप्चे उत्सव कार्यक्रममा कोप्चेको विभिन्न क्षेत्रमा योगदान गर्न सहयोग गरेको भन्दै धनकुटाका समाजसेवी एवं सामाजिक व्यक्तित्व राजेन्द्र बहादुर प्रधान र गोरखापत्रका पत्रकार कविराज घिमिरेलाई सम्मान गरिएको छ ।

  • dhankutapress

थप