धनकुटा प्रेस समवाददाता
पञ्चमाया तामाङ
धनकुटा/आज माघी पर्व अर्थात मगर समुदायको पर्व मिनाम ल्हेस ५०१९ माघे संक्रान्तिको अवसरमा विविध कायृक्रमको आयोजना गरी मनाइदै छ ।
धनकुटा नगरपालिकाको हिले बजारको तोङ्गवाचोक लगायत जिल्लाको महालक्ष्मी नगरपालिकाको जितपुर, छथरजोरपाटीको जोरपाटी बजार, चौविसे गाउँपालिकाको मुढेवास, डाँडागाउँ र साँगुरीगढी गाउँपालिकाको नाम्जे डाँडा बजारमा नेपाल मगर संघ र मगरजन्य विभिन्न संघ संस्थाहरुले विविध मौलिक साँस्कृतिक कार्यक्रम गरेर माघी पर्व धुमधासंग मनाउँदै छ ।
नेपाल मगर संघका जिल्ला अध्यक्ष तोर्ण खपाङ्गी मगरका अनुसार धनकुटाको हिलेमा मगर एकता समाज धनपा–१ हिलेको स्थानिय व्यवस्थापन, नेपाल मगर संघ धनकुटा नगर समितिको सह–आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा माघी पर्वको अवसरमा विविध कार्यक्रम गरेर आज माघ १ गते ११ वजे पछि मनाउँने जानकारी दिएका छन् । सो सभामा मगर समुदायका अगुवा पुर्व नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष सोम राना मगर, प्रदेस सदस्य इन्द्र लुङ्गेली मगर, जिल्ला अध्यक्ष तोर्ण खपाङ्गी मगर लगायतको उपस्थिति रहने बताइएको छ ।
त्यसैगरी यता किराँत याक्थुङ्ग चुम्लुङ्ग जिल्ला कार्य समिति÷नगर समिति धनकुटाको आयोजनामा किराँत सम्बत कक्फेक्वा तङ्गनाम ५०८६ येले तङ्गबे÷येले दोङ्ग को अवसरमा शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आज दिनको ११ वजे पछि धनपा–५ फनपार्कमा रहेको चुम्लुङ्ग हिममा आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा किराँत याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय सदस्य चन्द्रसिं नेम्वाङ्ग, हालै निर्वाचित जिल्ला अध्यक्ष हेम कुमार आङ्गला, पुर्व अध्यक्ष कमलसीं तिगेला लिम्वू, किराँत याक्थुङ्ग चुम्लुङ्ग नगर अध्यक्ष नेमराज लिम्वू, पुर्व अध्यक्ष खड्ग लिम्वू, नगर सचिव डम्वर खवाहाङ्ग लगायतको उपस्थिति रहने जनाइएको छ । त्यसैगरी एले तङ्गबे किराँत सम्बतको अवसरमा धनकुटाको चौविसे गाउँपालिकाको राजारानी, मौनावुधुक, साँगुरीगढी गाउँपालिकाको वुढिमोरङ्ग लगायत स्थानहरुमा पनि येले तङ्गबेको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष हेमकुमार आङ्गलाले जानकारी दिएका छन् ।
- dhankutapress