धनकुटा प्रेस सम्वाददाता
धनकुटा/हाम्रो डान्स सेन्टर धनकुटाको जुनियर टिम काठमाण्डौंमा आयोजना हुने वल्ड अफ डान्स नेपालको पहिलो चरणको ग्रान्ड फिनालेमा छनोट भएको छ ।
अनलाईन मार्फत गरिएको अडिसनबाट हाम्रो डान्स सेन्टर धनकुटाको जुनियर टिम वल्ड अफ डान्स नेपालको पहिलो चरणको ग्रान्ड फिनालेमा छनोट भएको हाम्रो डान्स सेन्टर धनकुटाका संचालक सन्तबीर तामाङ्गले जानकारी दिएका छन् ।
हिपप् डान्स गर्दै सहभागी भएका हाम्रो डान्स सेन्टर धनकुटाको ८ जनाको ग्रुपले गरेको डान्स नेपालभर बाट प्रतिस्पर्धा गर्दा उत्कृष्ट ६ मा धनकुटाको टोली प्रतियोगितामा भाग लिन सफल भएको संचालक सन्तवीरले बताए ।
आगामी माघ २४ गते काठमाडौंमा नेपाल भरबाट टिमको प्रतिष्पर्धा हुनेछ । प्रतिष्पर्धामा प्रथम हुने टोलीले अमेरीकामा हुने विश्वव्यापि प्रतिस्पर्धामा समेत भाग लिन पाउँने छन् । यो प्रष्पिर्धासंगै पछिल्लो समयमा धनकुटामा हाम्रो डान्स सेन्टर धनकुटाले नृत्यको क्षेत्रमा राम्रा÷राम्रा प्रतिभाहरुको उत्पादन गरिरहेको पुष्टि भएको छ ।
- dhankutapress