Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

हिलेको बक्रकुण्ड वौद्धनाथ धाममा च्यान्रेसी वुद्वको मूर्ति निर्माण गरिने

नगर प्रमुख तामाङले गरे शिलान्यास

  •   २ वर्ष अघि | १६ फाल्गुन २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रदेस नं.१ को पहिलो प्रथामिमतामा पर्ने पर्यटकिय स्थल धनकुटाको हिलेमा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले १५ फिट उचाई भएको वुद्ध भगवानको मुर्ति स्थापना गरिने भएको छ । 

धनकुटा नगरपालिका वडा नं.१ हिले स्थित धार्मिक एवं पर्यटकिय स्थल बक्रकुण्ड वौद्धनाथधाम क्षेत्रमा भगवान गौतम वुद्वको मूर्ति निर्माण गरिने भएको हो । शुक्रवार उक्त मूर्तिको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक औपचारिक समारोहको विच सिलान्यास गरे । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले भने–‘विकास भनेको बाटो,घाटो पुलपुलेसा संरचना मात्र हैन भावानात्मक सम्वन्धहरु र सनातन देखिका संस्कार, संस्कृतिका कुराहरु जोडिएको संस्कारगत कुराहरु पनि विकास गर्नु पर्दछ ।’ 

तामाङले थपे–‘समाजको सर्वाङ्गगिण विकास भयो भने मात्र सवै पक्षको विकास भएर समाज सहि गतिमा अघि बढ्न सक्दछ ।’ प्रमुख तामाङले हरेक जातिको चाडपर्वहरुलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिएका छन् । उनले हिले सिरानमा रहेको रत्नषडेश्वर शिवालय मन्दिरमा शिवको मुर्ति, शिवमन्दिर र राम सीताको मुर्ति स्थापना गरेर मन्दिरको निर्माण कार्य नगरपालिकाले गरिरहेको बताए । त्यसैगरी बक्रकुण्ड वौद्धनाथ धाममा पनि धार्मिक साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न वुद्धको मुर्ति स्थापना गर्न लागिएको नगर प्रमुख तामाङले बताए । 

त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङ्गदा तामाङले हिलेको पर्यटन प्रवद्र्धनमा वुद्धको मुर्ति निर्माण पश्चात थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले वुद्धको मुर्ति निर्माणको लागि प्रदेश सरकारको बन, वातवरण तथा पर्यटन मन्त्रालय विराटनगरले १० लाख सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले बजेटलाई कार्यान्वयन गर्ने गराउने कार्यमा धनकुटा नगरपालिकाको ठूलो भूमिका रहेको भन्दै नगर प्रमुख चिन्तन तामाङलाई धन्यवाद् दिए । उनले वुद्धको मुर्ति बनाउँदै जानेक्रममा बजेट अपुग भएमा नगरपालिकाले थप सहयोग गर्ने पनि आफूले आशा लिएको बताए । 

प्रदेश सरकारको बन वातवरण तथा पर्यटन मन्त्रालयबाट आ.व.०८१÷०८२ मा प्राप्त १० लाख बजेट मार्फत १५ फिट अग्लो च्याङ्गरेजी वुद्धको मूर्ति तिन महिना भित्र निर्माण कार्य सम्पन्न गरिने बक्रकुण्ड वौद्धनाथधाम व्यवस्थापन समिती धनकुटा–१ हिलेका अध्यक्ष लालचन गोङ्वा तामाङले बताए । समग्र बक्रकुण्ड मन्दिरको निर्माण कार्य पूरा गर्नका लागि हिले बजारका स्थानियवासी र धनकुटा नगरपालिकामा पनि आर्थिक सहयोगको थप अपेक्षा गरिएको उनले बताए ।

उनले हिलेमा रहेको बक्रकुण्डधाम निर्माणको लागि स्थापनाकाल देखि नै नेपाली सेनाको हिले स्थित् श्री नं.२ बाहिनी अड्डा हिलेको ठूलो योगदान रहँदै आएको बताए । मन्दिर परिसरको हालै सिलान्यास गरिएको बक्रकुण्डको डाँडामा अबलोकेत्यश्वर ( चेन्गरेसि वुद्ध) भगवानको स्तम्भ (कु) निर्माण गरिने भएको छ । कार्यक्रममा सामाजिक संघ,संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, हिले बजारका व्यापारी, व्यवसायीहरु, श्री नं.२ वाहिनी अड्डा हिलेका प्रमुख एवं प्रतिनिधि, हिले प्रहरी चौकीका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

  • dhankutapress

थप