Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विद्यालय स्तरिय फूटवल प्रतियोगिताको उपाधि निजामति र त्रिवेणीलाई

  •   ४ वर्ष अघि | २६ मंसिर २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा संचालित विद्यालय स्तरिय फुटवल प्रतियोगिताको आइतवार सम्पन्न भएको फाईनल खेलमा मावि तर्फ निजामति आवशिय विद्यालय धनकुटा–७ चुलिवन र प्रा.वि. तर्फ त्रिवेणी मावि धनकुटा–७ ले उपाधि जितेको छ । 

पहिलो चरणमा भएको प्रा.वि.स्तरको प्रतियोगितामा त्रिवेणी माविले १–० को अन्तरले निजमति आवशिय विद्यालयलाई पराजित गर्दे उपाधि हात पार्न सफल भएको हो । उपाधिसंगै त्रिवेणी माविले १० हजार, १ सय ११ रुपयाँ र निजमति आवशिय विद्यालय धनकुटाले ५ हजार, १ सय, ११ रुपयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिता जितेपछि उपाधि उचाल्दै निजामति आवशिय विद्यालय धनकुटा–७ चुलिवनका विद्यार्थिहरु । साथमा प्रिन्सिपल सुरेश काफ्ले ।

दोश्रो चरणमा भएको फुटवल प्रतियोगितामा निजामति आवशिय विद्यालय धनकुटा–७ ले गोकुण्डेश्वर माध्यामिक विद्यालयल धनकुटा–५ लाई २–० को अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको छ । उपाधिसंगै निजामति आवशिय विद्यालय धनकुटा–७ ले १५ हजार, १ सय ११ नगदसंगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने गोकुण्डेश्वर वालमिन्दरले ७ हजार, ५ सय, ११ रुपयाँमा चित वुझाएको छ ।

विजेता फुटवल टोलीलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि धनकुटा नगरपालिकाका उप–प्रमुख भीमादेवी खनाल, प्रतियोगिता आयोजक न्यू नव प्रभात क्लव धनकुटा–५ का अध्यक्ष गोविन्द राई, जिल्ला फुटवल संघका अध्यक्ष मणी कुमार चेम्जोङ, पुर्व अध्यक्ष सम्भु प्रधान, पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष विदुर खवास,फोनिजका १ नम्वर प्रदेश अध्यक्ष  सन्तवीर लामा लगायतले उपाधि, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।  

न्यू नव प्रभात क्लव धनकुटा–५ ले गएको मंसिर २० गते देखि आयोजना गरेको ५ दिने फुटवल प्रतियोगितामा धनकुटा नगरपालिका क्षेत्रका ११ वटा माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थिहरुले भाग लिएका थिए ।


  • Dhankutapress

थप