धनकुटा प्रेस अनलाईन
धनकुटा/धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा झापा फुटबल क्लब झापा विजय भएको छ ।
झापाले राष्ट्रिय जागृती क्लब सुनसरीलाइ ट्राइवेकरमा ४–३ गोल अन्तरले पराजीत गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । खेलको ८ औ मिनेटमा झापाको तर्फवाट ९ नम्बरको जर्सि लगाएर मैदान उत्रिएका प्रदिप बुढाथोकीले खाता खोलेका थिए । खेलको ६१ औ मिनेटमा जागृतीको तर्फवाट जर्सि नं १४ का मिलन राइले गोल गरे ।
तर दुइ मिनेट बित्न नपाउदै खेलको ६३ औ मिनेटमा झापाको लागि प्रदिप बुढाथोकीले पुनः दोस्रो गोल गर्दै आफनो टिमलाई २–१ को अग्रता दिलाए । खेलको ७० औ मिनेटमा जागृतीको लागि मिलन राइले पुनः अर्को एक गोल गर्दै खेललाई २–२ गोलको बराबरी बनाए । बाँकी समयमा कुनै पनि गोल हुन नसके पछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा झापाका एक खेलाडीले गरेको प्राहार गोल हुन सकेन भने जागृतीका दुइ खेलाडीको प्रहार गोल हुन सकेन । विहिवारको खेलमा म्यान अफ द म्याच भापाका गोल रक्षक सन्दिप लिम्बु घोषित भए । उनले नगद ४ हजार हात पारे । प्रतियोगिता अन्र्तगत शुक्रबार (आज) हुने खेलमा प्लानिङ्ग ब्वाइज क्लब काठमाण्डौले भारत सिलीगुडीको कंचनजघां फुटबल क्लबको सामना गर्ने छ ।
प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए । २०३० सालमा तत्कालिन राजा बिरेन्द्रलाई बम हानेका अभियोगमा पक्राउ परेका सहिद भिम नारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले उनलाइ २०७३ सालमा सहिद घोषणा गरेको थियो ।
- Dhankutapres