धनकुटा प्रेस अनलाईन
धनकुटा/धनकुटामा जारी शहिद भीमनारायण श्रेष्ठ गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा प्लानिङ्ग ब्वाइज क्लब काठमाण्डौ सेमिफाइनल प्रबेश गरेको छ ।
प्लानिङ्ग ब्वाइज क्लब काठमाण्डौले भारत सिलीगुडीको कंचनजघां फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजीत गरेको हो । खेलको २२ औ मिनेटमा प्लानिङ्ग ब्वाइज बिदेशी खेलाडी बेबोस साक्वएस खेलको २२ औ मिनेटमा खाता खोलेका थिए । प्लानिङ्ग ब्वाइज हाबि भएको खेलमा ३० मिनेटमा फागुराम थारुले टोलिको लागि दोस्रो गोल गरे । त्यस्तै ५७ औ मिनेटमा राजेश शाहले थप एक गोल गर्दै ३–० को अग्रता बनाए । त्यस्तै खेलको ७५ औ मिनेटमा संजीब लामा बिजेता टोलिको लागि गोल गरे ।
८८ मिनेट र अतिरिक्त समयको सदुपयोग गर्दै समिर थापाले टोलिको लागी दुइ गोल गरे । बिपक्षी टोलिको लागि एक मात्र गोल ६६ औ मिनेटमा सोनाम लेप्चाले गरे । शुक्रवारको खेलमा फाुगुराम थारु म्यान अफ द म्याच घोषित भए । उनले नगद ४ हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तगत शनिबार हुने खेलमा ए पि एफ क्लबले बिरगजंको बिरगजं युनाइटेडको सामना गर्ने छ । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिएका छन् । वि.सं.२०३० सालमा तत्कालिन राजा बिरेन्द्रलाई बम हानेका अभियोगमा पक्राउ परेका सहिद भिम नारायण श्रेष्ठलाई वि.सं.२०३५ सालमा मृत्युदण्ड दिएको थियो । सरकारले उनलाइ वि.सं.२०७३ सालमा सहिद घोसणा गरेको थियो ।
- Dhankutapress