Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

रारा गोल्डकप फुटबल प्रतियोगिता वैसाख २२ गते देखी हुने

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

राजारानी/उत्कृष्ठ फुटवल खेलको माध्यामबाट फुटवलको विकास तथा मनोरञ्जनको माध्यामबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले धनकुटा चौविसेको राजारानीमा दशौं गोर्खा स्ट्रङ्ग रारा गोल्डकप प्रतियोगिता हुने भएको छ । 

रारा फुटवल क्लव चौविसे गाउँपालिका राजारानी धनकुटाले सोमवार पत्रकार सम्मेलन गरेर ऐतिहाशिक चण्डीपूर्णिमाको अवसरमा फुटवल प्रतियोगिता हुने जानकारी दिएको हो । विगत वर्षहरु देखि नै वुद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अवसरमा मेला तथा आकर्षक फुटवल प्रतियोगिता हुँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

वैसाख २२ गते देखि शुरु हुने अग्नी वसुन्धरा स्मृति रारा गोल्डकप प्रतियोगितामा विभिन्न जिल्लामा रहेका ए डिभिजन स्तरका ८ वटा फुटवल क्लवहरुले भाग लिने आयोजकले जानकारी दिइका छन् । रारा फुटवल क्वका अध्यक्ष मणी चेम्जोङले प्रतियोगितामा डाँगीहाट युथ क्लव मोरङ, तालतलैया एकाडमी सुनसरी, विर्तामोड युनाइटेड फुवल क्लव झापा, डाँडा वजार फुटवल क्लव धनकुटाले भाग लिने वताए । 

त्यसैगरी रारा फुटवल क्लव राजारानी धनकुटा, पथरी फुटवल क्लव मोरङ, सलहेस युथ क्लव सिराहा र गाईघाट फुटवल क्लव उदयपुर जिल्लावाट प्रतियोगितामा सहभागी हुने रारा क्लवका सचिव यूवराज कट्टेलले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा प्रथम हुने फुटवल टिमले ३ लाख, नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । त्यसैगरी द्धितिय हुनेले १ लाख, ५० हजार नगद मेडल र प्रमाण पत्र पाउने छन् । 

साथै प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दि म्याचको व्यवस्था र विभिन्न विधाहरुमा उत्कृष्ठ प्रतिभा देखाउने खेलाडीहरुलाई नगद पुस्कार समेत प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी, संरक्षक चौविसे गाउँपालिका, मिडिया पार्टनर गोल नेपाल डटकम र अर्विट टि.भि. रहेका छन् । वैसाख २२ गते देखि वुद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अवसरमा आयोजना हुने दशौं गोर्खा रारा गोल्डकप प्रतियोगिता २८ गते समापन हुनेछ । 

रारा फुटवल क्लवका अध्यक्ष मणी चेम्जोङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्ेमलनमा चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, रारा क्लवका उपाध्यक्ष पूर्ण चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा वोल्दै चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले रारा गोल्डकप प्रतियोगिता वि.सं.२०५६ साल देखि शुरु भएको स्मरण गराए । उनले भने–’वि.सं.२०६८ मा दोश्रो रारा गोल्डकप प्रतियोगिता आयोजना गरिए देखी ०७६ सम्म आइपुग्दा ९ औं संस्करणसम्मको प्रतियोगिता सम्पन्न गरिएको थियो ।‘ 

त्यस पछि कोरोनाले गर्दा ०७७ साल देखि पुनः स्थगित भएको रारा गोल्डकप यो वर्ष १० औं संस्करणको प्रतियोगिता आयोजना गरिएको हो । अघिल्लो प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार राशी २ लाख र द्धितिय हुनेलाई १ लाख थियो । यो वर्ष भने प्रथम हुनेलाई ३ लाख र द्धितिय हुनेलाई १ लाख, ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहेको क्लवका अध्यक्ष चेम्जोङले बताए । 

उनले प्रतियोगिता सम्पन्न गर्नको चौविसे गाउँपालिकाले ६ लाख, टिकटबाट ९ लाख, अक्षयकोषको व्याज १ लाख, प्रायोजन र सह–प्रायोजनबाट ८ लाख र व्यक्तिगत चन्दा तथा सहयोगबाट १२ लाख, ५० हजार गरी जम्मा ३६ लाख, ५० हजार बराबरको अनुमानित आय रहेको र सोही वमोजिमको खर्च हुने पनि जानकारी दिएका छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकम र अर्विट टि.भि.ले गर्ने पनि आयोजकले जनाएको छ ।

  • Dhankutapress

थप